पत्रकार महासंघ कास्की अध्यक्षमा बिमला
बिमला भण्डारी नेपाल पत्रकार महासंघ, कास्कीको अध्यक्षमा विजयी भएकी छन् । भण्डारी पत्रकार महासंघ, कास्कीकी पहिलो महिला अध्यक्ष बनेकी छन् ।
काँग्रेस निकट प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस सेन्टर र चौतारी माधव नेपाल समूहको गठबन्धनको नेतृत्व लिएकी भण्डारीले प्रेस चौतारी र प्रेस मञ्च गठबन्धनका केशवशरण लामिछानेलाई ५३ मतले पराजित गरेकी हुन् । बिमलाले १७४ मत प्राप्त गर्दा केशवशरणले १२१ मत ल्याए ।
यस्तै, उपाध्यक्षमा रामप्रसाद तिमिल्सिना बिजयी भए । उनले चौतारीका अर्जुन गिरीलाई ५० मतले पराजित गरे। रामप्रसादले १७४ मत ल्याउँदा अर्जुनले १२२ मत ल्याए ।
महिला उपाध्यक्षमा जमुना वर्षा शर्माले जितिन् । जमुनाको पक्षमा १५१ र रबिना आलेको पक्षमा १४३ मत खस्यो ।
सचिवमा केशव शरण प्यानलबाट प्रेस चौतारीका माधब बरालले १४ मतले दीपक परियारलाई जिते । माधवले १५५ र दीपकले १४१ मत ल्याए ।
समाचार
थप सामाग्री
प्रधानमन्त्री बालेनलाई स्याङ्जा–२ का सांसद झविलालले कुन-कुन विषयमा गराए ध्यानाकर्षण !
१ हप्ता अगाडि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका…


