नयाँ संक्रमितमा जटिल लक्षण देखिएका छन्, मृत्यु हुने सम्भावना बढी छ– प्रवक्ता गौतम
काठमाडौं : सरकारले पछिल्लो समय देखिएका संक्रमित व्यक्तिहरूमा जटिल किसिमका लक्षणहरू देखा परेको जनाएको छ ।
अहिले संक्रमित भएका व्यक्तिहरूमा जटिल किसिमका लक्षणहरू देखा परेकाले धेरै बिरामीहरुलाई अस्पतालमा भर्ना गर्नुपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘उस्तै भए पनि संक्रमितहरूलाई जटिल लक्षण देखिराखेको छन् । संक्रमण भएकाहरूमा जटिल लक्षण धेरै देखिएको छ । जहाँ जटिल लक्षण धेरै देखिन्छ त्यहाँ अस्पतालमा धेरै भर्ना गर्नुपर्ने हुन्छ र जटिल लक्षण धेरै देखिएका मान्छेहरूमा मृत्यु पनि धेरै हुने सम्भावना हुन्छ ।’
गतवर्ष भन्दा यस वर्ष मन्त्रालयको व्यवस्थापन पक्ष राम्रो भएको पनि प्रवक्ता गौतमले बताउनुभयो । गत वर्ष रोगको बारेमा र यसको व्यवस्थापनको बारेमा केही पनि थाहा नभएको स्मरण गर्दै उहाँले अहिले सबैलाई रोगको संक्रमण, उपचारको बारेमा थाहा भएकाले समस्या नहुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
यस्तै प्रवक्ता गौतमले भिडभाडले कोरोना संक्रमण फैलिन जोड दिने भएकाले २५ जनाभन्दा बढी मानिस भेला हुने रोक लगाउने गरी कोभिड रोकथाम तथा नियन्त्रण समिति (सीसीएमसी)लाई सिफारिस गरेको छ । विद्यालय, कलेज, सिनेमा हल, पार्टी प्यालेस पनि बन्द गर्न मन्त्रालयले सिफारिस गरेको उहाँको भनाइ छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


