स्याङ्जामा पनि मनाईयो अन्तराष्ट्रिय नारी दिवस
स्याङ्जा :
१११औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा स्याङ्जामा विभिन्न कार्यक्रम गरी मनाईएको छ । यहाँका ११ पालिकाहरु तथा विभिन्न महिला संघसंस्थाहरुले कार्यक्रम गरी मनाएका हुन् । यता वालिङ नगरपालिकाले समेत दिवस मनाएका छ । महिला अधिकार सम्बन्धी प्रशिक्षण कार्यक्रम गरी दिवस मनाएको हो । कार्यक्रममा नगरउपप्रमुख कल्पना तिवारीले महिलालाई आरक्षण भन्दा समानता चाईएको भन्दै समानताले महिला थप सशक्त र क्रियाशिल हुने बताउनुभयो ।
नगरपालिकाका महिला जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनितिक दलका महिला प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा अधिवक्ता गिता आचार्यले प्रशिक्षण दिनुभएको थियो ।
दिवसमा अवसरमा भीरकोटमा गरिएको कार्यक्रममा भीरकोट नगरपालिका उपप्रमुख सिमा केसीकर्माचार्यले महिलालाई आर्थिक उपार्जनतर्फ अग्रसर गराउनुपर्ने भन्दै महिला सशक्तिकरण र महिलालाई आत्मनिर्भरताका लागी नगरपालिकाले विभिन्न सिपमुलक कार्यक्रमहरु सञ्चाल गर्दै आईरहेको बताउनुभयो । नेपाल महिला संघ भीरकोट ५ र ६ को संयुक्त आयोजनामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख केसीले महिललाई आर्थिक रुपमा सक्षम र सबल बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल महिला संघका जिल्ला सहसचिव ईन्दिरा केसी, नेपाल महिला संघ क्षेत्रिय अध्यक्ष सुनिता उच्चै, पब्लिक एकेडेमी माविकी प्रधानाध्यापक देवका रेग्मी, शिवशक्ति आमा समुहकी अध्यक्ष लक्ष्मी अधिकारी, न्यूसिर्जनशील आमा समुहकी अध्यक्ष विष्णु अर्याल, मनिता श्रेष्ठ, सुनिता रोकाह, मिना रोकाह, मञ्जु अर्याललगायतले महिला शसक्तिकरणमा जोड दिनुभयो । पवित्रा खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत शान्ति कुँवर र सञ्चालन सीता अर्यालले गर्नुभएको थियो ।
त्यसै गरी लियो क्लब अफ वालिङ सिटिले १११ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्वास्थ्यकर्मी सम्मान गरेको छ । क्लबले नारी दिवसका अवसरमा कोभिढ १९ नियन्त्रण तथा रोकथामका लागी अग्रपंक्तिमा रहेर सेवा गरेको भन्दै स्वास्थ्यकर्मी सम्मान कार्यक्रम गरेको हो ।
सम्मान कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीले कोभिड रोकथामका लागी स्वास्थ्यकर्मीहरुको निकै ठुलो भुमिका रहेको भन्दै यसको कदर गर्दै क्लबको सम्मान कार्यक्रम प्रशंसनीय रहेको बताउनुभयो । साथै उहाँले महिला समानता र सम्मानका लागी संविधानमा पदत्त हक अधिकारको उचित कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा लायन्स क्लबकी अध्यक्ष कविता भुषाल, उपाध्यक्ष दुर्गा थापाको समेत सहभागिता थियो । कार्यक्रम संयोजक एवं लियोकी प्रथम उपाध्यक्ष सुमना लामिछाने मनिषाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य संगिता न्यौपानेले गर्नुभएको थियो ।
लियोले सिर्सीकोट स्वास्थ्य केन्द्रकी अनमी कस्मिता श्रेष्ठ र डुडखोला शहरी स्वास्थ्य केन्द्रकी लक्ष्मी थापालाई सम्मान गरेको क्लबका अध्यक्ष दिक्षान्तप्रताप खांणले जानकारी दिनुभयो । कोभिडको महामारीलाई रोक्न स्वास्थ्यकर्मीहरुको योगदान अतुलनिय रहेको भन्दै क्लबले सम्मान कार्यक्रम गरेको अध्यक्ष खांणले बताउनुभयो । द्वय श्रेष्ठ र थापालाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
समाचार
थप सामाग्रीनिजामती सेवा ऐन छिटो ल्याउन माग
४ दिन अगाडि
स्याङ्जा : २१ औं निजामती सेवा दिवस स्याङ्जामा विविध कार्यक्रम गरी मनाइएको छ । हरेक बर्षको भदौ २२ गते देशभरका…