नेपालमै पहिलो दिसाजन्य लेदो व्यवस्थापन प्लान्ट सञ्चालन गर्ने तयारीमा वालिङ नगरपालिका ।
वालिङ : दिसाजन्य लेदो व्यवस्थापन चुनौतीका रूपमा रहेको अवस्थामा स्याङ्जाको वालिङ नगरपालिका प्लान्ट सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । फोहरमैला व्यवस्थापनका क्षेत्रमा देशभरमै उत्कृष्ट भई पटक–पटक पुरस्कृत भइसकेको सो नगरपालिकाले फोहरमैला व्यवस्थापनका क्षेत्रमा उदाहरणीय काम गरेसँगै दिसाजन्य लेदो व्यवस्थापनका लागि प्लान्ट निर्माण गरी सञ्चालनको अन्तिम तयारी गरेको हो ।
घर–घरमा सेफ्टी ट्याङ्की भरिएपछि बाहिरी खुला ठाउँमा लगेर आफूखुशी फाल्ने गरेका कारण ढल तथा खोलानाला पानीका स्रोत प्रदूषित हुन गएकाले त्यसको उचित व्यवस्थापनका लागि प्लान्ट निर्माण गरिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
अहिले घर–घरमा निर्माण भएका सेफ्टीट्याङ्की दिसाजन्य लेदो भण्डारण गर्ने ट्याङ्कीमात्रै हुन्”,नगरप्रमुख खाँणले भन्नुभयो, “भरिएपछि अन्यत्रै लगेर फाल्नुपर्ने अवस्थाको अन्त्य गरी अब नगरपालिकाले बनाएको प्लान्टमा व्यवस्थापन गरी बायोग्यास तथा कम्पोष्ट मल बनाउनेछौँ ।
नगरपालिकाले नेपाल नगरपालिका सङ्घसँग समन्वय गर्दै एन्फो संस्थाको प्राविधिक डिजाइन सहयोग, राष्ट्रिय योजना आयोग, सङ्घीय मन्त्रालय, सिटी नेट, एसप्याक, युएनडिपी, बिलगेट्स एण्ड मेलिन्दा फाउण्डेशनको सहयोगमा एकीकृत फोहर व्यवस्थापन कार्यक्रमअन्तर्गत निर्माण अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।
प्लान्टबाट आधुनिक कम्पोष्ट मल बनाउने, बायोग्यास निकाल्ने र पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने योजनासहित अगाडि बढेका छौँ”अब छिट्टै सञ्चालनमा आउने यो प्लान्ट एकीकृत फोहरमैला व्यवस्थापनका क्षेत्रमा नगरपालिकास्तरमा नेपालकै पहिलो हुने छ । रासस
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


