पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी गल्कोट नगरपालिकालाई

winner

भवानी अधिकारी/स्याङजा :

पुतलीबजारमा जारी अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी गल्कोट नगरपालिकाले जितेको छ । उपाधी जितेसंगै उसले २ लाख नगद सहित बिभिन्न ट्रफी र मेडल जित्न सफल भएको छ । आइतवार भएको फाइनल प्रतियोगितामा गल्कोटले कालीगण्डकीलाई ३— ० को सोझो सेटमा पराजित गरेको हो । योसंगै स्याङजाको कालीगण्डकी गाउँपालिका उपविजेता बनी नगद एक लाख सहित बिभिन्न ट्रफी र मेडल पाएको छ ।

यसैगरी, नवलपरासीको बर्दघाट तेस्रो भएको छ भने स्याङ्जाको चापाकोट नगरपालिका सान्तवना बनेको छ । बर्दघाट र चापाकोटबीच भएको खेलमा वर्दघाटले चापाकोटलाई ३— १ सेटको अन्तरले बिजयी भएको हो । योसंगै बर्दघाटले नगद ५० हजार र चापाकोटले २५ हजार नगद पाउन सफल भएका छन्।

पुतलीबजार नगरपालिका खेलकुद बिकास संजाल स्याङ्जाद्धारा आयोजित प्रतियोगित फागुन ८ गतेबाट शुरु भएको हो । प्रतियोगितामा ६ जिल्लाका १६ टिमको सहभागी थिए ।

यसैगरी, प्रतियोगि खेलाडीलाई पुरस्कार एवं सम्मान गर्दे नगरप्रमुख सीमाकुमारी क्षेत्रीले आजका युवाहरु खेलप्रति बढी आर्कषित देखिएकाले नगरपालिकाले यस्ता गतिबिधिलाई सहयोग गर्दे आएको बताउनुभयो । उहाले स्थानीय तहबाट खेलका गतिबिधि संचालन गर्दे राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरसम्म खेलाडीलाई सहभागी गराउने नगरपालिकाको लक्ष्य रहेकोमा जोड दिनुभयो । कार्यक्रममा कालीगण्डकी गाउपालिकाका अध्यक्ष खिमबहादुर मानन्धर, पुतलीबजार उपप्रमुख महेश पुरी, नेकपा क्षेत्रीय अध्यक्ष विश्व पौडेल, पुतलीबजार नगरप्रवक्ता ख्यामनारायण अधिकारी, वडाअध्यक्ष निर्मल शेरचन लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

पुतलीबजार खेलकुद बिकास संजाल स्याङ्जाका अध्यक्ष डोलबहादुर मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खेल संयोजक राजेन्द्र शर्माले स्वागत एवं संचारकर्मी विक्रम परियारले संचालन गर्नुभएको थियो

Facebook Comments Box
TOP