स्याङ्जाको उत्तरबाहिनीमा अब प्राकृतिक चिकित्सालय बन्ने
कृष्ण समीप/स्याङ्जा : जिल्लाको उत्तरबाहिनी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले योजनाबद्ध काम थालनी गरेको छ । यस क्षेत्रलाई प्राकृतिक चिकित्सालयको रूपमा विकास गर्न प्रतिष्ठानले काम थालेको हो ।
स्याङ्जाको गल्याङ नगरपालिका १ मा मालुङ्गामा पर्ने उत्तरबाहिनी क्षेत्रलाई पौराणिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रको रूपमा चिनिन्छ । ठाउँ भएर बग्ने कालिगडण्की नदी दक्षिणबाट उत्तरतर्फ बगिरहेको दृश्य देखिन्छ । यो दुर्लभ दृश्यका कारण यो क्षेत्रलाई उत्तरबाहिनी भनिएको हो ।
धार्मिक पर्यटकीय क्षेत्रको रूपमा रहेको यो क्षेत्रलाई प्राकृतिक चिकित्सालयको रूपमा विकास गर्न कालिगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले तयारी थालेको अध्यक्ष चैतन्य कृष्ण बताउनुहुन्छ ।
गरिब, असहायका लागि निःशुल्क उपचार गर्ने उदेश्यका साथ स्थापनाको तयारी थालिएको प्राकृतिक चिकित्सालय स्थापनामा वालिङ नगरपालिले पनि साथ दिने मेयर दिलिप खाण ठकुरीको भनाइ छ ।
प्राकृतिक चिकित्सालयको स्थापना गर्ने उदेश्यले गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता थियो । प्रतिष्ठानको योजनामा बन्न लागेको उक्त चिकित्सालय निर्माणले उत्तरबाहिनीको महत्वलाई झन बढाउने सहभागीहरूको विश्वास छ ।
समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


