नेपाल शिक्षक संघद्धारा शिक्षकहरुलाई सम्मान
स्याङ्जा : नेपाल शिक्षक संघले कर्मठ शिक्षकहरुलाई सम्मान गरेको छ । नेपाल शिक्षक संघ स्याङ्जाको २२औँ जिल्ला प्रतिनिधि सभाका समारोहमा संघले जिल्लाभरका ५५ जना उत्कृष्ठ शिक्षककहरुलाई प्रमाणपत्रले सम्मान गरेको हो ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद भागवत प्रकाश मल्लले शिक्षकहरु समाजका संवाह भएको भन्दै शिक्षकले सभ्य र सम्मुनत राष्ट्र निर्माणमा सघाउ पु¥याउने बताउनुभयो । साथै उहाँले गुणस्तरीय शिक्षाका लागी शिक्षकको महत्वपुर्ण भुमिका रहने भन्दै शिक्षकको उचित सम्मान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नगरप्रमुख दिलिपप्रताप खाँणले शिक्षक सम्मानले शिक्षकलाई थप मनोबन बृद्धि हुने भन्दै विद्यार्थीको भविष्य शिक्षककै हातमा हुने बताउनुभयो ।
.
कार्यक्रममा कांग्रेसका महाधिवेसन प्रतिनिधि द्वय गुरुप्रसाद भट्टराई र विष्णु पौडेल, कांग्रेस क्षेत्र नं. २ क का सभापति अर्जुनप्रकाश अर्याल, नेपाल शिक्षक युनियनका अध्यक्ष गोपालप्रसाद भट्टराई लगायतले बोल्नुभएको थियो ।
सभाले २०७६ साल फागुनदेखि अहिलेसम्मका शैक्षिक गतिविधि, आर्थिक गतिविधि र सांगठानिक गतिविधिहरु र निर्णयहर अनुमोदन गरेको संघका अध्यक्ष लक्ष्मीप्रसाद रेग्मीले बताउनुभयो । कार्यक्रम अध्यक्ष रेग्मीको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष सिता गौडेल र सञ्चालन सचिव पशुपति पौडेलले गर्नुभएका थियो ।
.
समाचार
थप सामाग्रीखेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवाहरु सक्रिय ।
५ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएकाछन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको…