स्याङ्जा : बोल्न सुन्न नसक्ने महिलालाइ जबरजस्ती करणीको आरोपमा एक पक्राउ

स्याङ्जा : एक १५ वर्षीय बालक जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्। आँधीखोला गाउँपालिकाका ती बालकलाई २० वर्षीया फरक क्षमताकी युवतीलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

बोल्न र सुन्न नसक्ने ती युवतीको जबरजस्ती करणीपछि ३ महिने गर्भ रहेको भन्ने संरक्षकको उजुरीका आधारमा बालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। आरोपित बालकले पुस महिनाको १५ गते र २२ गते दुई पटक जबरजस्ती गरेको उजुरीमा उल्लेख छ।

जबरजस्ती करणी मुद्धा दर्ता गरी अदालतबाट आइतबार ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 

Facebook Comments Box
TOP