सूर्याेदय क्लवको अध्यक्षमा श्रेष्ठ
स्याङ्जा : सूर्याेदय क्लव पुतलीबजार नगरपालिका–३, बाडखोलाको २२ ओै साधारणसभा तथा ९ ओै अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अनन्तकुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति चयन गरेको हो । जसको उपाध्यक्षमा वलराम दोरङ्गा, सचिवमा एक बहादुर गोदार ‘रमेश’ र कोषाध्यक्षमा देवि नेपाली चयन भएका हुन ।
समितिको सदस्यहरुमा डालबहादुर कुंवर, ढाकाराम मरासिनी, बालकृष्ण गोदार, मोति मरासिनी र अर्जुन सुवेदी रहेका छन । कार्यक्रममा गैर सरकारी संस्था महासंघका अध्यक्ष कमल प्रसाद पौडेलले लामो ईतिहास बोकेको सुर्याेदय क्लबले सामाजीक आर्थीक क्षेत्रमा उल्लेख्नीय कार्य गरेको बताउदै समयानुकुल गतिविधि संचालन गर्न अनुरोध गरे ।
गैसस महासंघ स्याङ्जाका अध्यक्ष कमल पाैडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा सल्लाहाकारहरु रविन्द्र प्रसाद श्रेष्ठ, गोविन्द प्रसाद शर्मा, लेखा समितिका संयोजक अशोक शर्मा मरासिनी, सदस्य श्रीबहादुर गुरुङ र योगेश नेपाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त सभाले आ.व. ०७७/७८ का लागि ४ करोड ६० लाखका विभिन्न प्रस्तावित कार्यक्रम पारित गरेको छ ।
सभाले संस्थाकाे कार्य संचालन पद्धतिमा कार्यक्रममा आधारित बहुउद्देश्यीय वा सदस्यमा आधारित एकल उद्देश्सिय भन्ने विषयमा आगामी ६ महिना भित्र अध्ययन गरि निष्कर्षमा पुग्ने निर्णय गरेकाे छ । गत आर्थिक वर्षको अध्यक्ष अनन्त कुमार श्रेष्ठले प्रस्तुत प्रगति प्रतिवेदन र काेषाध्यक्ष देवि नेपालीले प्रस्तुत लेखापरीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित गरेकाे थियाे ।
समाचार
थप सामाग्रीवालिङ क्याम्पस,स्ववियुको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न ।
३ दिन अगाडि
वालिङ : स्याङजाको वालिङमा रहेको वालिङ बहुमुखी क्याम्पस,स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत…