सकारात्मक युवा समाज परिवर्तनको आधार -सांसद पाण्डे ।

स्याङ्जा :
स्याङ्जाको कालिगण्डकि गाउपालिका वडा न ३ मा संचालित अन्तर क्लब स्तरिय भलिबल प्रतियोगितामा बोल्दै प्रतिनिधिसभा सदस्य मोहन पाण्डेले सकारात्मक सोचले पुर्ण युवा नै आजको समाज परिवर्तनको आधार भएको बताएका छन। नबजागरण युवा क्लव कालिगण्डकि गाउपालिका वडा न ३ भुस्टुङ द्वारा आयोजित उक्त कार्यक्रममा बोल्दै उनले भने ” समृद्ध समाजको परिकल्पना गरी अघि बढिरहेको र परिकल्पनालाई साकार पार्न सकारात्मक युवाहरुको आवश्यकता हुने हुदा आम खेलाडी युवाहरु समानता र सकारात्मकता सहित अघि बढ्नुपर्छ। साथै उनले आफू जनताको प्रतिनिधि भएको र आफ्नो कार्यकालमा बिकास निर्माणमा अग्रसर रहदै भ्रष्टाचार न्युनिकरण सहित आफ्नो कार्यकालको सबै आम्दानी सामाजिक कार्यमा मात्र खर्चने प्रतिबद्धता ब्यक्त गरे। उनले खेलाडी युवाहरुको मनोबल वृद्धि गर्दै राष्ट्रका गहना युवा खेलाडीहरु संरक्षणमा राज्य लाग्नुपर्ने बताए । ३० टिमको सहभागिता रहेको खेलमा सिङ्जाली होटल कालिगण्डकि २ ले प्रथम स्थान हासिल गर्यो भने आयोजक नवजागरण युवा क्लव ले द्वितीय र भगवती जनकल्याण क्लब कालीगण्डकी १ ले तृतीय स्थान हासिल गर्न सफल रह्यो । सिङ्जाली होटल कालिगण्डकी २ र आयोजक नवजागरण युवा क्लब बिच भएको फाइनल खेलमा सिङ्जाली होटल कालिगण्डकि २ ले २-० को सोझो सेटमा जित हासिल गरेको थियो। कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि गुरुप्रसाद भट्टराई, कालिगण्डकि गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञावाली, वडा न २ का वडाध्यक्ष नरबहादुर राना, वडा न ४ का अध्यक्ष चक्रपाणी पाण्डे,नेपाल शिक्षक महासंघ स्याङ्जा जिल्ला अध्यक्ष पशुपति पाण्डे, नेपाली कांग्रेसका नेता हुमनाथ पाण्डे किसान लगाएतले आफ्नो धारणा राखेका थिए। क्लबका पुर्व अध्यक्ष नेपाली कांग्रेसका नेता सेरबहादुर थापाको स्वागत तथा क्लबका पुर्व कोषाध्यक्ष एवम् सल्लाहकार नेपाली कांग्रेस कालीगण्डकी सभापति धन बहादुर रानाको अध्यक्षता संचालित कार्यक्रमको संचालन गोपि पाण्डेले गरेको क्लबका अध्यक्ष रमेश कालोवारले . जानकारी दिएका छन ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…