स्याङ्जाका पत्रकार श्रीकृष्ण सिग्देललाई मातृ शोक ।
वालिङ :
स्याङ्जाका क्रियाशिल पत्रकार तथा प्रेस युनियन स्याङ्जाका निवर्तमान् अध्यक्ष श्रीकृष्ण सिग्देललाई मातृशोक परेको छ । सिग्देलकी आमा ढाकाकुमारी सिग्दलको ८२ बर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ । स्वर्गीय सिग्देल प्रेस युनियन स्याङ्जाका बर्तमान् अध्यक्ष प्रदिप कोईरालाकी मावली हजुरआमा समेत रहनु भएको छ ।
स्वर्गीय ढाकाकुमारीको अर्जुनचौपारीको आरुचौर स्थित आफ्नै घरमा सोमवार बिहान निधन भएको परिवारले जनाएको छ । उहाँको आजै मोदिघाटमा अन्तिम संस्कार गरिने बताईएको छ ।
यसबीच पत्रकार श्रीकृष्ण सिग्देललाई परेको मातृशोक प्रति पत्रकार महासंघ स्याङ्जा, प्रेस युनियन स्याङ्जा,प्रेस चौतारी स्याङ्जा, प्रेस सेन्टर स्याङ्जा लगायतले समवेदना प्रकट गरेकाछन् ।
पत्रकार महासंघ स्याङजाका अध्यक्ष ओम प्रकाश शर्मा, प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदिप कोईराला, प्रेस चौतारीका अध्यक्ष मुक्ति प्रसाद न्यौपाने, प्रेस सेन्टरका अध्यक्ष प्रतिक्षा काफ्ले लगायतले स्वर्गीय आत्माको चीर शान्तीको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।
स्वर्गीय सिग्देलका ६ भाई छोरा र ४ छोरी रहेकाछन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
४ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


