स्कुल अफ डेमोक्रेसी स्याङजाले गरयो अग्रज महिला नेतृहरुलाई सम्मान
भवानी अधिकारी/स्याङजा :
अन्र्तराष्ट्रिय महिला दिवसको अवसर पारेर स्कुल अफ डेमोक्रेसी स्याङ्जाले अन्र्तक्रिया सहित अग्रज महिलाहरुलाई सम्मान गरेको छ ।
शान्ति, लोकतन्त्र र स्थायित्वको निम्ति महिलाहरुको भूमिका बिषयक अन्र्तक्रिया कार्यक्रम सहित सम्मान कार्यक्रमको उदघाटन गर्दै नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारीले लोकतन्त्र प्राप्तिका लागि महिला दिदीवहीनीको अतुलनीय योगदान रहेको स्मरण गराउनुभयोे ।
कालापानीको युद्धदेखि आजसम्मको हरेक आन्दोलनमा महिला दिदीवहिनीको योगदान र बालिदानीले मात्र हामीले सफलता पाएको बताउदै संघर्षले प्राप्त अधिकारको संरक्षण गर्न सबै महिला दिदीबहिनीहरु एक जुट हुनुपर्नेमा उहाले जोड दिनुभयो ।
बिभिन्न बल्झनका बाबजूद पनि अग्रज दिदी र आमाहरुले देखाएको आँट, साहसले मात्र यो अवस्थामा आइपुग्न सफलता मिलको उहाको भनाई छ । उहाले भन्नुभयो हरेक क्षेत्रमा समावेशीतालाई कार्यान्वयन गर्ने नेपालका प्रथम जननिर्वाचित वीपी कोइरालाको तत्कालिन दुरदृष्टि आज हाम्रा प्रेरणाका स्रोत बनेकोमा जोड दिनुभयो।
.
राजनीति र कानूनतः अधिकार प्रर्याप्त भए पनि कार्यान्वयनमा आउन नसक्दा हत्या, हिंसा, बलात्कार र महिला हिंसाका घटना बढ्ीरहेको उहाको भनाई छ । हरेक आन्दोलनको अग्रपंक्तिमा उभिने महिला दिदीबहिनीलाई अझैं पनि दोश्रो दर्जाकै नागरिक सरह हुनुपरेकोमा दुख ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली कांगे्रसका महासमिति सदस्य द्धय देवी अर्याल र हिरादेवी शर्मा, भीरकोट नगरउपप्रमुख सीमा केसी कर्माचार्य, महिला संघका सचिव तारा मल्ल लगायतले नारी दिवसलाई भाषणमा मात्र अधिकार दिएर होइन बास्तविकता बुझेर अधिकार र रोजगार दिनुपर्ने बताउनुभयो ।
स्कुल अफ डेमोक्रेसीका सदस्य रिता गुरुङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य दुर्गा सारुले स्वागत एवं क्षेत्र नं. १ संयोजक विदुषा बस्नेतले संचालन गर्नुभएको थियो ।
.
यसैगरी, निरंकुश पंञ्यायती ब्यवस्थादेखि हालसम्मका बिभिन्न राजैनैतिक तथा शासन ब्यवस्थाका बिरुद्धका निम्ति निरन्तर खटिरहने स्याङजाका १२ जना अग्रज महिला नेतृहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा महिला नेतृहरु हिरादेवी शर्मा, मखमली श्रेष्ठ, लालुमाया रेग्मी, राजकुमारी गुरुङ रमणी, डाँसीमाया सिग्देल, नन्दकली पौडेल, अम्बिका पौडेल, मिना सिंह, बिष्णुमाया राना, प्रेमकुमारी रेग्मी, राधा घिमिरे, गीता पाण्डे हुनुहुन्छ ।
उहाहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथी सरस्वती तिवारीले दोसल्ला प्रमाणपत्र सहितले सम्मान गर्नुभएको थियो ।
समाचार
थप सामाग्रीखेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवाहरु सक्रिय ।
५ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएकाछन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको…