विद्यालयका संरक्षक रेग्मीको प्रथम पूण्य स्मृति दिवस मनाईयो
स्याङ्जा :
स्याङ्जाको वालिङ १ खहरेस्थित नमूना विद्यालयकोरुपमा स्थापित रणबीर जनहित माध्यमिक विद्यालयका संरक्षक एवं पूर्व अध्यक्ष सूर्यप्रसाद रेग्मीको प्रथम पूण्य स्मृति दिवस आज मनाईएको छ ।
रणबीर जनहित माविका संरक्षक, २७ वर्षको लामो अवधिसम्म विद्यालयको अध्यक्ष रहनुभएका शिक्षाप्रेमी, समाजसेवी, स्वन्त्रताका सेनानी रेग्मीको प्रथम स्मृति दिवसमा विद्यालयले श्रद्धाञ्जलि सभाको आयोजना गरेको हो ।
.

श्रद्धाञ्जति सभामा बोल्दै स्वर्गीय रेग्मीका दाजु ईश्वरीप्रसाद रेग्मीले स्वर्गीय रेग्मीले यस क्षेत्रको शैक्षिक एवं सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको स्मरण गर्नुभयो । कार्यक्रममा स्वर्गीय रेग्मीका समकालीन योद्धा, नेपाली काँग्रेसका अगुवा नेता एवं स्याङ्जा बम काण्डका रक्त हस्ताक्षरकर्ता तारापति सुबेदी, शिक्षाविद तेजप्रसाद काफ्लेले स्वर्गीय रेग्मी बहुआयामिक प्रतिभा रहेको बताउँदै उहाँले सामाजिक क्षेत्रमा खेल्नुभएको योगदानको उच्च मूल्याङकन गर्दै उहाँले देखाएको मार्गलाई पछ्याउनुपर्ने बताउनुभयो । निष्ठाका असाधारण धरोहर, स्वतन्त्रताका सेनानी, शिक्षाविद रेग्मीले अंगाल्नुभएको नीतिलाई पूरा गर्न सकेमात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने धारणा वक्ताहरुले राख्नुभयो ।
कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्ले, २ का अध्यक्ष पोतप्रसाद लम्साल, शिक्षाप्रेमी अर्जुनप्रकाश अर्याल, दामोदर लम्साल, शिक्षक माधब रेग्मी लगायतले स्वर्गीय रेग्मीका सामाजिक, शैक्षिक तथा राजनीतिक ब्यक्तित्वकाबारेमा मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मीले स्वागत तथा स्वर्गीय रेग्मीको जीवनीकाबारेमा बताउनुभएको थियो ।
कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जीबलाल काफ्लेको सभापतित्वमा सम्पन्न भएको थियो ।
.

समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


