सन्ध्या तिवारीले ‘उदाउँदो सूर्य’ नै पाउने, गोपाल किराँतीले नाम र चिन्ह दुवै फेर्नुपर्ने
काठमाडौं : निर्वाचन आयोगले नेकपा एकतापछि आयोगमा नेकपा (एमाले) नामको दल दर्ता गराएकी सन्ध्या तिवारीलाई निर्वाचन चिन्ह ‘उदाउँदो सूर्य’ नै दिने निर्णय गरेको छ ।
आइतबार सर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई ब्यूँताइदिएपछि मंगलबार बसेको निर्वाचन आयोगको बैठकले तिवारीलाई ‘उदाउँदो सूर्य’ चिन्ह नै दिने निर्णय गरेको हो । तर, उहाँले पार्टीको नाम भने परिवर्तन गर्नुपर्ने हुन्छ ।
आयोगले १५ दिनभित्र आफ्नो सुधारसहितको विवरण पेश गर्न पनि तिवारीलाई जानकारी गराउने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
तर, नेकपा एकतापछि नेकपा (माओवादी केन्द्र) दर्ता गराएका गोपाल किराँतीले भने दलको नामसँगै निर्वाचन चिन्हसमेत नयाँ नै छान्नुपर्ने भएको छ । सर्वोच्च अदालतले २०७५ जेठ २३ गतेको अवस्थामा दुई पार्टीलाई फर्काइदिएसँगै किराँतीले दर्ता गराउनुभएको नेकपा (माओवादी केन्द्र) अब पुष्पकमल दाहालको हुने भएको छ ।
किराँतीले पाएको दलको नाम र निर्वाचन चिन्ह साविकको प्रचण्ड नेतृत्वको दलसँग मिलेका नाम र चिन्ह नयाँ छान्नु पर्ने भएको हो । आयोगले किराँतीलाई पनि १५ दिनभित्र सुधारसहितको विवरण पेश गर्न समय दिएको छ ।
यस्तै आयोगले केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र)लाई एकीकरण गर्ने भए १५ दिनभित्र आयोगमा प्रचलित कानुनबमोजिम निवेदन दिन आग्रह गरेको छ ।
आयोगले सर्वोच्चको फैसलासँगै व्यूँतिएको एमाले र माओवादी केन्द्रको विवरण संघीय संसद्सँगै सातवटै प्रदेश सभा संसद्मा जानकारी पनि गराउने भएको छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


