नेकपा कार्यकर्ता भित्र्याउदै सांसद मल्लले भने “जनताको वास्तविक हित गर्ने कांग्रेस मात्रै हो ।”
सबिन डाेटेल/चापाकाेट
नेपाली काँग्रेसका युवा नेता तथा प्रदेश सांसद भागवत प्रकाश मल्लले काग्रेसले मात्रै नागिरककाे वास्तविक हित गर्ने पार्टी भएकाे बताउनु भएकाे छ ।
नेपाल राष्ट्रिय मगर संघ चापाकोट नगरपालिका वडा न १ मा वडा कार्यसमिति गठन कार्यक्रममा बाेल्दै सांसद मल्लले मात्रै नागरिककाे हितका लागि कांग्रेसमा सबै अावद्ध हुनु पर्ने स्पष्ट पार्नु भयाे ।
उहाँले सन्सारमा मानव जाति नै बिबेकशिल ,चेतनशील सामाजिक प्राणी रहेकाले एकताबद्ध भई लोकतन्त्रको रक्षाका लागि बर्तमान अवस्थामा विद्यार्थी ,युवा बर्ग , बुद्धिजिबि , बिकास प्रेमी एबम समस्थ्य सामाजिक न्याय का निम्ति सम्पूर्ण नेपालीहरु एक हुनुपर्ने र सबै अट्ने देशलाई समृद्धि मार्ग तर्फ लैजाने नेपाली कांग्रेस पार्टी नै रहेको जिकिर गर्नु भयाे ।
.

तरुण दलका जिल्ला अध्यक्ष समेत रहनु भएका सांम्सद भागवत प्रकाश मल्ल ले स्थानीय समाजसेवा युवा क्लवका अध्यक्ष गुप्त बहादुर थापा सहित ४० जना युवाहरूलाई पार्टीमा प्रवेश गराउनु भएकाे हाे । नव प्रवेश युवाले नेकपा ले सधै झुट को खेती गरको र नेपाली कांग्रेस नै जनताको बिस्वासिलो पार्टी रहेकोेले आफुहरु पार्टी प्रवेश गरको बताउनु भयाे ।
कार्यक्रम भिम बहादुर सारु को सभापतित्वमा चलेको थियो भने , कार्यसमिति १७ सदस्य गठन भएको छ। कार्यक्रममा चापाकोट नगरपालिका उप प्रमुख बिमला श्रेष्ठ ,नेपाल राष्ट्रिय मगर संघ स्याङ्जा जिल्ला सभापति एवम् चा.न.पा.४. वडा अध्यक्ष बिक्रम सारु ,नेपाली कांग्रेस नगर सभापति राम चन्द्र पज्ञानी , चापाकाेट वडा १. अध्यक्ष टिकाराम तिवारी , वडा ३. अध्यक्ष सुन्दर बिक्रम खाँड, नगरकार्यपालिका सदस्य इसा राना,ने.का. बडा न. १ सभापति कृष्ण प्रसाद भण्डारी, नगर तरुणदल उपाध्यक्ष मीन बहादुर राना लगायत को उपस्थिति रहेको थियोे ।कार्यक्रम बिरेन्द्र सारुले संचालन गरेका थिए।
.

समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


