काँग्रेस नेता जोशीको निधन
काठमाडौं : नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८ बजेर २४ मिनेटमा निधन भएको नर्भिक अस्पताल स्रोतले जनाएको छ ।
जोशीलाई मस्तिष्कघात भएपछि फागुन १४ गते नर्भिकमा उपचारका लागि भर्ना गरिएको थियो ।
टाउकोको सानो शल्यक्रियापछि भेन्टिलेटर बाहिर निकालिएका जोशीको स्वास्थ्य गम्भीर देखिएपछि पुन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
जोशी काठमाडौँ महानगरपालिकाका पूर्व उपमेयरसमेत हुनुभएको थियो ।
०३६ सालबाट विद्यार्थी राजनीति मार्फत राजनीतिमा होमिनु भएका जोशीले नेपाल विद्यार्थी सङ्घको काठमाडौँ जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
जोशी राजनीतिक यात्राका क्रममा पटकपटक पक्राउ परी हिरासतमा समेत रहनु भएको थियो ।
संविधानसभा सदस्यसमेत रहनुभएक जोशी सधै जनतासँग निकट सम्पर्कमा रही सुखदुःखमा साथ दिदै आउनुभएको छ । जोशी कुशल सङ्गठनकर्ता र वक्ताका रूपमा परिचित हुनुहुन्छ ।
उहाँ गणेशमान सिंह अध्ययन प्रतिष्ठानका संस्थापक तथा अध्यक्ष हुनुहुन्छ। जोशीका एक छोरी र श्रीमती हुनुहुन्छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


