काँग्रेस नेता जोशीको निधन
काठमाडौं : नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८ बजेर २४ मिनेटमा निधन भएको नर्भिक अस्पताल स्रोतले जनाएको छ ।
जोशीलाई मस्तिष्कघात भएपछि फागुन १४ गते नर्भिकमा उपचारका लागि भर्ना गरिएको थियो ।
टाउकोको सानो शल्यक्रियापछि भेन्टिलेटर बाहिर निकालिएका जोशीको स्वास्थ्य गम्भीर देखिएपछि पुन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
जोशी काठमाडौँ महानगरपालिकाका पूर्व उपमेयरसमेत हुनुभएको थियो ।
०३६ सालबाट विद्यार्थी राजनीति मार्फत राजनीतिमा होमिनु भएका जोशीले नेपाल विद्यार्थी सङ्घको काठमाडौँ जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
जोशी राजनीतिक यात्राका क्रममा पटकपटक पक्राउ परी हिरासतमा समेत रहनु भएको थियो ।
संविधानसभा सदस्यसमेत रहनुभएक जोशी सधै जनतासँग निकट सम्पर्कमा रही सुखदुःखमा साथ दिदै आउनुभएको छ । जोशी कुशल सङ्गठनकर्ता र वक्ताका रूपमा परिचित हुनुहुन्छ ।
उहाँ गणेशमान सिंह अध्ययन प्रतिष्ठानका संस्थापक तथा अध्यक्ष हुनुहुन्छ। जोशीका एक छोरी र श्रीमती हुनुहुन्छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


