किसानलाई नोक्सान नहुनेगरी विदेशी लगानी भित्राउनुपर्छ– मन्त्री अर्याल
काठमाडौं : कृषिमन्त्री पद्मा अर्यालले किसानलाई नोक्सान नहुनेगरी कृषि क्षेत्रमा विदेशी लगानी भित्राउनुपर्ने बताउनुभएको छ ।
खाद्यका लागि कृषि अभियानले गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले कृषि क्षेत्रको विकासका लागि ठूलो लगानी जरुरी भएकोले किसानलाई नोक्सान नहुने गरी कृषिमा विदेशी लगानी भित्राउनुपर्ने बताउनुभएको हो ।
मन्त्री अर्यालले कृषि विकासका लागि आवश्यक लगानी सरकारको सामथ्र्यले नपुगेको भन्दै विदेशी लगानीलाई आकर्षित गर्नुपर्ने बताउनुभयो । किसानलाई नोक्सान हुने क्षेत्रमा नदिनेगरी, किसानलाई संरक्षण गर्नेगरी नेपालीले लगानी गर्न नसकेको क्षेत्रमा विदेशी लगानी भित्राउने उहाँले बताउनुभयो ।
मन्त्री अर्यालले कोरोनाका कारण विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका युवाहरुलाई हजारौंको संख्यामा रोजगारी सिजर्ना गर्ने पनि बताउनुभयो । तत्कालै रासायनिक मल विस्थापित गर्न नसकिने भएकाले प्रारंगिक मलको उत्पादन गर्न अभियान चलाउनुपर्ने उहाँको भनाइ छ ।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


