बजार अनुगमन गरियो

तोलाकान्त बगाले/वालिङ :
वालिङ नगरपालिकाले आज बजार अनुगमन गरेको छ । अखाद्य बस्तुहरु बिक्री वितरण हुन नदिन, शुद्धतामा ध्यान दिन तथा बजार मूल्यमा एकरुपता कायम गर्नका लागि वालिङका दुग्धजन्य डेरी, तरकारी तथा फलफूल पसलहरुको अनुगमन गरिएको हो । उपभोक्ता हित संरक्षण समितिका संयोजक एवं वालिङ नगर उपप्रमुख कल्पना तिवारीले बजारलाई सुब्यवस्थित बनाउनुकासाथै उपभोक्ताहरुलाई गुणस्तरीय बस्तु उपलब्ध गराउनका लागि नगरपालिकाले नियमित बजार अनुगमन गर्ने कार्य अन्तर्गत अनुगमन गरिएको बताउनुभयो । वालिङ नगर कार्यपालिकाले उपभोक्ता हित ऐन निर्माण गरी वार्षिक कार्यतालिका बमोजिम अनुगमन कार्य गरिएको उहाँले बताउनुभयो ।
.

गर्मी मौसम शुरु भएसँगै अनेक खालका रोगहरु लाग्न सक्ने भएकाले अखाद्य बस्तुहरुको बिक्री वितरण रोक्दै स्वच्छ र सफा खानेकुराको प्रयोग गर्न गराउन, मूल्य सूचि राख्न तथा नगरपालिकामा पसल दर्ता गर्नका लागि ब्यवसायीहरुलाई सचेत गराईएको संयोजक तिवारीले बताउनुभयो ।
ईलाका प्रशासन कार्यालय वालिङ, वडा प्रहरी कार्यालय वालिङ, उपभोक्ता हित संरक्षण मञ्च, नगरस्तरीय उपभोक्ता हित संरक्षण समिति, पत्रकार लगायतको उपस्थितिमा अनुगमन गरिएको हो ।
.


समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…