बजार अनुगमन गरियो
तोलाकान्त बगाले/वालिङ :
वालिङ नगरपालिकाले आज बजार अनुगमन गरेको छ । अखाद्य बस्तुहरु बिक्री वितरण हुन नदिन, शुद्धतामा ध्यान दिन तथा बजार मूल्यमा एकरुपता कायम गर्नका लागि वालिङका दुग्धजन्य डेरी, तरकारी तथा फलफूल पसलहरुको अनुगमन गरिएको हो । उपभोक्ता हित संरक्षण समितिका संयोजक एवं वालिङ नगर उपप्रमुख कल्पना तिवारीले बजारलाई सुब्यवस्थित बनाउनुकासाथै उपभोक्ताहरुलाई गुणस्तरीय बस्तु उपलब्ध गराउनका लागि नगरपालिकाले नियमित बजार अनुगमन गर्ने कार्य अन्तर्गत अनुगमन गरिएको बताउनुभयो । वालिङ नगर कार्यपालिकाले उपभोक्ता हित ऐन निर्माण गरी वार्षिक कार्यतालिका बमोजिम अनुगमन कार्य गरिएको उहाँले बताउनुभयो ।
.

गर्मी मौसम शुरु भएसँगै अनेक खालका रोगहरु लाग्न सक्ने भएकाले अखाद्य बस्तुहरुको बिक्री वितरण रोक्दै स्वच्छ र सफा खानेकुराको प्रयोग गर्न गराउन, मूल्य सूचि राख्न तथा नगरपालिकामा पसल दर्ता गर्नका लागि ब्यवसायीहरुलाई सचेत गराईएको संयोजक तिवारीले बताउनुभयो ।
ईलाका प्रशासन कार्यालय वालिङ, वडा प्रहरी कार्यालय वालिङ, उपभोक्ता हित संरक्षण मञ्च, नगरस्तरीय उपभोक्ता हित संरक्षण समिति, पत्रकार लगायतको उपस्थितिमा अनुगमन गरिएको हो ।
.


समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


