मदिरा ब्यवसायी संस्थाको साधारणसभा सम्पन्न
भवानी अधिकारी/स्याङजा :
मदिरा ब्यवसायीहरुका साझा संगठन मदिरा ब्यवसायी संस्थाको दोश्रो साधारणसभा वालिङमा सम्पन्न भएको छ ।
साधारणसभाको उदघाटन गर्दे मदिरा ब्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले मदिरा ब्यवसायीलाई हेर्ने राज्यको दृष्ट्रिकोण नकारात्मक भएको बताउनुभयो । कुल राजश्वको २२ प्रतिशत योगदान पुरयाउदै आएका ब्यवसायीलाई हतोत्साही बनाउन उदृद रहेको उहाको भनाई छ । अरबौंको लगानी गरेका ब्यवसायमा कोरोनाका कारण झण्डैं ९ महिना ठप्पै रहँदा पनि राज्यले सम्बोधन नगरेकोको दुख ब्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो ‘कयौं ब्यवसाय बन्द भए, अझैं कति हुने हुन। सरकारले ब्यवसाय संचालनको वातावरण बनाउनु पर्यो।’ कोरोनाका कारण ब्यवसाय बन्द गरिदाका ९ महिनाको अन्तशुल्क मिनाहको लागि सरकारसंग उहाले आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शोभाकान्त पौडेलले हाल कायम रहेका मूल्य अभिबृद्धि करको दायरा १३ वाट ८ प्रतिशतमा झार्न लबिङ महासंघले गरिरहेको जानकारी गराउदै स्थानीय स्तरमा उत्पादित मदिरा, वाईनको उद्योग स्थापना गर्नुपर्ने बताउनुभयो ।
यसैगरी, मदिरा ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष बिष्णुकुमार श्रेष्ठ, महासचिव तारानाथ ढुंगाना, केन्द्रिय सदस्य राजन केसी, गण्डकी प्रदेश महासंघका अध्यक्ष डाँसीराम सापकोटा, उद्योग वाणिज्य संघ स्याङजाका पूर्व अध्यक्ष नवराज सुवेदी, कार्यवाहक अध्यक्ष हिक्मत श्रेष्ठ, काठमाण्डौं मदिरा ब्यवसायी संघका अध्यक्ष गोबिन्द बराल, कास्कीका अध्यक्ष डिल्लीराम पनेरु लगायतले ब्यवसाय संचालनमा भए गरेका कठिनाइ र राज्यका भूमिकाका बारेमा जानकारी गराउनुभएको थियो ।
यसैगरी, भीरकोट नगरपालिका १ का अध्यक्ष दिपेन्द्र केसी, वालिङ नगरपालिका ८ का अध्यक्ष कमल सुवेदी, उद्योग वाणिज्य संघ भीरकोट नगर अध्यक्ष भक्तबहादुर पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, च्याम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङ, साना तथा घरेलु उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष मित्रबन्धु पोखरेल, बितरक संघ स्याङजाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, डिस्टिलरीका धु्रव सुवदेी, मदिरा ब्यवसायी लालमणी कोइराला लगायतले वैधानिक रुपमा मदिराजन्य बस्तुहरुको थोक तथा खुद्रा बिक्री वितरण गर्नु पर्ने जनाउदै मदिरा भन्ने बित्तिकै नकारात्मक दृष्ट्रिकोणले बुझ्न नहुनेमा जोड दिनुभएको थियो ।
संस्थाका सचिव रविन केसीद्धारा प्रस्तुत बार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुजन पौडेलद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन साधारणसभाले सर्वसम्मत पारित गरेको छ।
मदिरा ब्यवासायी संस्था स्याङजाका अध्यक्ष खिमानन्द पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गणेश अर्यालले स्वागत एवं सचिव रविन केसीले संचालन गर्नुभएको थियो ।
साधारणसभामा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य शोभाकान्त पौडेल, पत्रकार भवानी अधिकारी, मुख्य बितरक बिपिन्द्र श्रेष्ठ र उद्योग वाणिज्य संघका सदस्य रविन केसीलाई सम्मान गरिएकोे थियो ।
समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
-
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…


