गण्डकी प्रदेश लोकसेवा आयोगमकाे अध्यक्षमा स्याङ्जाका नेपाल
पोखरा : गण्डकी प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगको अध्यक्षमा स्याङ्जाका विष्णुप्रसाद नेपाललाई नियुक्त गरेको छ। आयोग अध्यक्षलाई आइतबार शपथ खुवाउने कार्यक्रम तय गरिएको छ।
प्रदेश सरकारको प्रमुख सचिवबाट चैत २ गते उमेर हदका कारण अवकाश पाएका नेपाललाई गण्डकी सरकारले अध्यक्षमा नियुक्त गरेको हो। सदस्यमा कल्पना लम्सालको नाम सिफारिस भएको छ। उनी दमौलीको आदिकवि भानुभक्त बहुमुखी क्याम्पसकी उपप्रमुख हुन्। अर्काे एक सदस्यको भने नाम सार्वजनिक गरिएको छैन।
आयोगको अध्यक्ष र सदस्यको नियुक्तिका लागि मुख्यमन्त्रीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति रहने कानुनी प्रावधान छ। जसमा प्रदेश सभाका सभामुख र प्रदेश सभाको विपक्षी दलका नेता सदस्य रहन्छन्। यही समितिले अध्यक्षमा नेपालको नाम सिफारिस गरेको हो।
३ सदस्यीय आयोगमा अध्यक्ष वा सदस्यमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था गरिएको छ। आयोग बढीमा ३ सदस्यीय रहनेछ। अध्यक्ष र सदस्यको पदावधि ६ वर्ष हुन्छ।
आयोगमा पदाधिकारी नहुँदा प्रदेश आफैंले कर्मचारी भर्नासमेत गर्न पाएको थिएन । अर्कातिर संघीय निजामती ऐन नआउँदा पनि प्रदेशलाई कर्मचारी भर्नामा समस्या छ ।
आयोग पदाधिकारी हुन मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको, नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको, अध्यक्षको हकमा ४५ वर्ष र सदस्यको हकमा ३५ वर्ष उमेर पूरा भएको लगायत योग्यता चाहिने व्यवस्था ऐनमा छ । नेपालको संविधानको धारा २४२ ले प्रत्येक प्रदेशमा लोकसेवा आयोग रहने व्यवस्था गरेको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


