जन्मोत्सवका अवसरमा शैक्षिक सामग्री वितरण
वालिङ :
लायन्स क्लब अफ वालिङ सिटीका प्रथम उपाध्यक्ष चुत्राकुमारी थापा दुर्गाले आफ्नो जन्मदिनका अवसरमा बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ । थापाले जन्मदिनका अवसरमा लायन्स क्लब अफ वालिङ सिटी र लियो क्लब अफ वालिङ सिटीको संयुक्त आयोजनामा वालिङ ६ स्थित गणेश आधारभूत विद्यालयमा अध्ययनरत २१ जना विद्यार्थीहरुका लागि टिफिन बक्स सहित शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।
.

कार्यक्रममा डिस्ट्रिक मेम्मर तथा क्लबका पूर्व अध्यक्ष सीताराम अधिकारीले वस्तु सानो ठुलो नहुँने भन्दै जन्मदिनमा गरिने फजुल खर्चलाई कटौती गर्दै सामाजिक कार्यमा लाग्नु नै ठुलो पक्ष भएको बताउनुभयो । उहाँले जन्मदिनलाई विशेष बनाउनका लागि सामाजिक कार्यमा सहयोग गर्नुभएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि यसखालका गतिविधिहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा नं. ६ का वडा सदस्य खेमबहादुर अर्याल क्षेत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमकान्त पौडेल, लियोक्लबका अध्यक्ष दिक्षान्तप्रताप खांँणलगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । विद्यालयमा अध्ययनरत २१ जना विद्यार्थीहरुलाई टिफिन बक्स सहित शैक्षिक सामग्री वितरण गरिएको क्लबले जनाएको छ । लायन्स क्लब अफ वालिङ सिटीकी अध्यक्ष कविता भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन द्वितीय उपाध्यक्ष विजय कोईरालाले र धन्यवाद मन्तब्य प्रधानाध्यापक विष्णुबहादुर विकले गर्नुभएको थियो ।
.

समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


