वालिङ साना शहरी खानेपानी संस्थाको चौँथो साधारण सभा
वालिङ : वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ ८ को चौँथो साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाको उद्दघाटन गर्नुहुँदै गण्डकी प्रदेशका विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्त संस्था सबैको साझा संस्था भएको भन्दै संस्थालाई सुदृढ बनाउन आँफू प्रतिवद्ध रहेको बताउनुभयो ।
साथै सांसद रेग्मीले पानी जिवनको अपरिहार्य रहेको भन्दै यस्ता किसिमका संस्थामा राजनिति गर्न नहुँने भन्दै संस्था सञ्चालक समितिले निकै राम्रो काम गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । सांसद रेग्मीले भन्नुभयो, ‘बजारीकरण बढ्दै गएको वालिङमा संस्थाले पानीको व्यवस्थापनलाई सहज बनाएको छ । जनतासंग जोडिएका संघसंस्थाहरुमा राजनितिको रंग आउनु हुँदैन ।’
विकास र समृद्धिका लागी सबै राजनितिक दल तथा नागरिकबीचमा सहकार्य हुनुपर्ने भन्दै वालिङको विकासका लागी सँधै प्रतिवद्ध रहेको सांसद रेग्मीले बताउनुभयो । कार्यक्रममा नगरप्रमुख दिलिपप्रताप खांणले खानेपानी संस्थालाई स्तरोन्नति गर्न नगरपालिका सँधै सकरात्मक रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख दिलिपकुमार बगाले, संस्थाका संस्थापक अध्यक्ष एव्ां वालिङका पुर्व मेयर भोजुराज अर्याल, नेपाल महिला संघकी केन्द्रिय उपाध्यक्ष सरस्वति अर्यालतिवारी, जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेल, वालिङ उद्योग वाणिज्य संघका महासचिव केशरबहादुर खांण ध्रुवलगायतले बोल्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष विद्या श्रेष्ठ, सचिव खगेन्द्रप्रसाद अर्याल, कोषाध्यक्ष चोपनारायण श्रेष्ठ, लेखा उपसमिति संयोजक मधुसुदन आचार्यले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थापक सञ्चालकहरुलाई सम्मान समेत गरिएको थियो ।
संस्थापक अध्यक्ष भोजराज अर्याल, सचिव टंकप्रसाद तिवारी, कोषाध्यक्ष अनन्तराज गैह्रे, सञ्चालकहरु केदार काफ्ले, सावित्रा कोईराला, जितेन्द्र मल्ललाई सम्मान गरेको संस्थाले जनाएको छ । त्यस्तै संस्था सञ्चालनका लागी जग्गा उपलब्ध गराउनुभएको जग्गादाताहरु स्व.ओमकुमारी काफ्लेकी नाति नविन काफ्ले, श्रषिराम काफ्ले, शालिकराम काफ्ले, झलकनारायण काफ्ले, खगेन्द्रप्रसाद काफ्ले, लोकराज बगालेलाई समेत सम्मान गरिएको हो । त्यस्तै संस्था सञ्चालनमा योगदान पु¥याउनुहुने जगबहादुर रानालाई मरणोपरान्त सम्मान गरिएको छ ।
त्यस्तै संस्थाका दुई उत्कृष्ठ कर्मचारीलाई समेत प्रशंसापत्र र नगदले पुरस्कृत गरिएको छ । अर्जुन सुवेदी र लोकेन्द्र रावल पुरस्कृत हुनुुभएको हो । अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष रोशनबहादुर कुँवर र सञ्चालन सचिव खगेन्द्रप्रसाद अर्यालले गर्नुभएको थियो ।
समाचार
थप सामाग्रीखेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवाहरु सक्रिय ।
५ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएकाछन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको…