कालीका अस्पतालकोे संचालनको जिम्मा भीरकोट नगरपालिकालाई हस्तान्तरण
भवानी अधिकारी/स्याङ्जा :
भीरकोट नगरपालिका १ स्थित हेलुमा स्थापित कालिका सामुदायिक स्वास्थ्य संस्थाको बाह्रोेै साधाुरणसभा तथा छैटौ अधिवेशनले तोयनाथ अर्यालको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
समितिकोे उपाध्यक्षमा डिलबहादुर श्रेष्ठ, सचिवमा मेघनाथ अर्याल, सहसचिवमा पदमकुमार श्रेष्ठ, कोषाध्यक्षमा चुडामणी शर्मा चयन हुनु भएको हो ।
सदस्यमा उदय श्रेष्ठ, तोयनारायण रिजाल, चोलाकान्त अर्याल, श्यामप्रसाद अर्याल, भगवती रेग्मी अर्याल, जयप्रसाद गौतम, चोलाकान्त अर्याल, डाँसीनारायण पोेडेल, शालिग्राम अर्याल, भविश्वर कोइराला, उदयबहादुर घर्ति र लक्ष्मी पौडेल निर्वाचित हुनुभएको निर्वाचन अधिकृत तुलसी गिरीले जानकारी दिनुभयो ।
यसैगरी, अधिवेशनको उदघाटन गर्दे भीरकोट नगरप्रमुख छायाराम खनालले सामुदायिक अस्पताल निर्माणमा समाजसेवी खुमा अर्यालको योगदान अतुलनीय रहेको बताउदै अस्पतालको संरक्षणका लागि आफु तयार रहेकोे बताउनुभयो । करोडौैंकोे लगानीमा निर्मित भौतिक संरचना र स्वास्थ्य उपकरणकोे सदुपयोग गर्दै आवश्यक अनुरुपका चिकित्सकको ब्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गण्डकीप्रदेश सांसद मेखलाल श्रेष्ठ, उपप्रमुख सीमा केसी कर्माचार्य, नगर प्रवक्ता दिपेन्द्र केसी, गल्याङ सामुदायिक अस्पतालका अध्यक्ष लालगोपाल अर्याल, कालिका अस्पतालका सदस्य फणिनायारण अर्याल, समाजसेवी दोबबहादुर कार्की र भुमिजंग केसी लगायतले मन्तब्य सहित अस्पताल संचालनका लागि राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो ।
अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष तोयनाथ अर्यालको अध्यक्षतमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष डिलबहादुर श्रेष्ठले स्वागत एवं सचिव मेघनाथ अर्यालले संचालन गर्नुभएको थियो । सभामा अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित भएका छन्।
साधारणसभाले संस्थाका स्थायी सदस्यहरुको अस्तित्व कायम रहनेगरी कालिका अस्पताल र सो ले चर्चेका जमीन भीरकोट नगरपालिकालाई हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
समाचार
थप सामाग्रीवालिङ क्याम्पस,स्ववियुको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न ।
३ दिन अगाडि
वालिङ : स्याङजाको वालिङमा रहेको वालिङ बहुमुखी क्याम्पस,स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत…