लागुऔषध र एचआईभीबारे सचेत गराउदै
भवानी अधिकारी/स्याङजा :
वालिङ नगरपालिकाको सहयोग तथा जीवन बाटिका नेपाल र वालिङ प्रहरी कार्यालयको आयोजनामा एच.आई भी (एड्स) तथा लागू औषध दुव्र्यसनका बारेमा वालिङमा जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
कार्यक्रममा बोल्दै वालिङ् नगरप्रमुख दिलिपप्रताप खाँणले अमूल्य जीवनको रक्षा गर्न आफैंले आफैंलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो । हिजोआज लागु औषध र एचआईभी संक्रमणको बृद्धिदर बढ्दो रहेको बताउदै यस्ता कार्यक्रमले केही हदसम्म रोकथाम तथा नियन्त्रण गर्ने बताउनुभयो । आवश्यकता भन्दा बढी औषधीको प्रयोगले कुलत र दुब्र्यसनी बढाउने बताउने बताउदै प्रमुख खाणले चिकित्सकका सल्लाहबिना आफैं डाक्टर बन्ने कोषिश नगर्न सुझाव दिनुभयो । उहाले एचआइभी संक्रमितका लागि आवश्यक औषधी निशुल्क उपलब्ध गराएको र कुलतमा परेकालाई आवश्यकता अनुरुपका परामर्श सेवा उपलब्ध गराउदै आएको जानकारी गराउनुभयो ।
.

कार्यक्रममा वडा प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक हरिप्रसाद पौडेल र जीवन वाटिका नेपालका अध्यक्ष नविन अर्यालले एच आई. भी. एड्स तथा लागू औषधको बारेमा सहजीकरण गर्नुभएको थियो । उहाहरुले एच.आई भी (एड्स) तथा लागू औषध, यसका अवस्था, बच्ने उपायका बारेमा सहजीकरण गर्नुभएको थियो ।
सचेतना कार्यक्रममा प्रहरी सुरक्षाकर्मी, कपाल काट्ने नाइहरु, ब्यूटिसियनहरु, बिद्यालयका छात्रछात्रा, कर्मचारी लगायतको सहभागिता रहेको समाजसेवी कृष्ण थापाले जानकारी दिनुभयो।
.

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


