पदस्थापन सहित नारी दिवस मनाइयो
भवानी अधिकारी/स्याङजा :
मानवअधिकार तथा शान्ति समाज स्याङ्जाले १११ औं अन्र्तराष्ट्रिय नारी दिवसका अवसर पारेर सोमबार अन्र्तक्रिया एवं पदस्थापन कार्यक्रम गरेको छ । महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार भन्ने नारा सहित दिवस मनाइएको हो ।
कार्यक्रमममा बोल्दै बित्त तथा सहकारी बिभागका केन्द्रीय सदस्य एवं सहकारी बैंकका निर्देशक केशवराज लम्सालले मुलुकले राजनीति क्षेत्रमा ठूलो फड्को मारे पनि सामाजिक क्षेत्रमा सुधार हुन नसकेको बताउनुभयो । संबिधानमा महिला, बालबालिकाको अधिकार सुनिश्चितता गरिएता पनि ब्यवहारमा कार्यान्वयन गर्न नसक्दा सयौं निर्मला पन्त जस्ता बालिका र महिलाले निर्ममतापूर्वक ज्यान गुमाउन वाध्य हुनु परेकोे बताउनुभयो ।
.
कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका निर्वतमान सभापति प्रकाश डोटेल, हिमालयन आवासिय माविका प्रमुख हरिप्रसाद अर्याल, युवा नेता रविन केसी, ब्यवसायी विपिन्द्रमान श्रेष्ठ, सहकारीकर्मी द्धय शान्ति अर्याल र गंगादेवी पोखरेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
समाजका अध्यक्ष धुवबन्धु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य रामप्रसाद लम्सालले स्वागत एवं सचिव भवानी अधिकारीले संचालन गर्नुभएको थियो ।
यसैगरी, नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन संयोजक केशवराज लम्सालले सपथ एवं पदस्थापन गराउनुभएको थियो ।
समाचार
थप सामाग्रीवालिङ क्याम्पस,स्ववियुको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न ।
३ दिन अगाडि
वालिङ : स्याङजाको वालिङमा रहेको वालिङ बहुमुखी क्याम्पस,स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत…