टेवान र होमस्टे संचालकबीच अन्तरक्रिया

homestay syangja

भवानी अधिकारी/स्याङजा :
पर्यटन ब्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्दनमा पुतलीबजार नगरपालिका ५ पौवेगौडे स्थित ढाँडेमा विउँडी होमस्टे (घरवास) सम्बन्धी अन्तरक्रिया गरिएको छ ।
दिगो पर्यटनका लागि समान सहभागिता भन्ने मुलनाराका साथ आयोजित अन्र्तक्रियाको उदघाटन गर्दे पुतलीबजार नगरपालिका ५ का अध्यक्ष रामचन्द्र रेग्मीले आफना ऐतिहासिक बस्तुको संरक्षण र प्रवद्र्धनगरी युवापुस्तालाई जस्ताको तस्तै हस्तान्तरण गर्न यस्ता कार्यक्रम फलदायी बन्ने बताउनुभयो । घरवास कार्यक्रमले कला संस्कृति, सभ्यताको जगेर्ना गर्नुका साथै रोजगार समेत उपलब्ध गराउने हुदा युवा पुस्ताले यो अवसरको सदुपयोग गर्न सुझाव दिनुभयो ।
अत्यन्त रमणीय स्थलमा होमस्टे संचालनको तयारी भैरहेको बताउदै २४ से राज्य अन्र्तगत पर्ने नुवाकोट दरवार, ऐतिहासिक मन्दिर कालाभैरब लगायतका रमणीय क्षेत्रको अध्ययन अवलोकन गर्ने सकिनेमा जोड दिनुभयो। होमस्टे संचालनका लागि पुतलीबजार र वडा कार्यालयले सहयोग गर्दे आएको र आगामी दिनमा समेत सहयोग रहीरहने उहाले प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा पर्यटन ब्यवसायी महिला संघका संस्थापक अध्यक्ष एवं अग्रज महिला ब्यवसायी लक्की क्षेत्रीले होमस्टे संचालनका बिधि प्रक्रिया, पर्यटकका रुची, होमस्टे संचालकले ध्यान पुरयाउनु पर्ने कुरा, सरसफाई, स्थानीय उत्पादनको महत्व, कला संस्कृतिको प्रभाव लगायतका बारेमा जानकारी गराउनुभएको थियो ।

.


कार्यक्रममा जनजागरण आमा समूहका अध्यक्ष बालकुमारी आले, बिउँडी होमस्टे संचालक समितिका अध्यक्ष मेघबहादुर आले लगायतले होमस्टे संचालनको तयारी, ब्यवस्थापन र समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।
पर्यटन ब्यवसायी महिला संघ नेपालका अध्यक्ष रेनु थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव शोभा पौडेलले गर्नुभएको थियो ।
यसैवीच, ढाँडे गाउँमा मगरको वाक्लो बस्ती छ । यो गाउँमा २५ घर मगर र २ घर मात्र व्राहमण समुदायको छ । स्थानीयबासीले मगर समुदायका सबै घरलाई समेटेर होमस्टे बनाउने अभियानमा छन् । उनीहरु अहिले होमस्टेका लागि आवश्यक पर्ने भौतिक निर्माणका काममा जुटेका छन्।
होमस्टे संचालनका लागि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले १५ लाख उपलब्ध गराएको छ।

.

सामुदायिक होमस्टे संचालनको तयारी गरिरहेका स्थानीयबासीले घर घरमा बासको ब्यवस्था, स्थानीय पशुपंक्षी पालन, तरकारी र अन्न उत्पादनलाई प्राथमिकतामा राखेको जनाए। ढाँडेमा अन्न र तरकारी उत्पादन राम्रो हुने हुदा पाहुनलाई खानादेखि तरकारी र मासुसम्म र रोटी, मकै समेत स्थानीय उत्पादनवाटै खुवाउने लक्ष्यमा जुटेको संचालकको भनाई छ ।

Facebook Comments Box
TOP