नगरप्रमुख खाँणलाई प्रवासी समस्याबारे जानकारी गराउदै अर्याल

भवानी अधिकारी/स्याङजा :
भारतमा रही सामाजिक क्षेत्रमा क्रियाशिल स्याङजाका महेन्द्र अर्यालले प्रवासी समस्या बारे नगरप्रमुख दिलिपप्रताप खाँणलाई जानकारी गराउनुभएको छ ।
वालिङ नगरपालिका जन्मथलो भई रोजगारको शिलशिलामा भारतको मुम्वई शहरमा रहनुभएका अर्याल केही दिनअघि घर आएका बेला प्रवासी नेपालीकातर्फवाट प्रमुख खाँणलाई ज्ञापनपत्र बुझाउदै उहाले ५ बुदें माग उल्लेख गर्नुभएको छ ।
ज्ञापनपत्रमा प्रवासी नेपालीले स्वदेशमा आउदा भोग्नु परेका समस्यालाई समावेश गरिएको छ । नेपालीका रेमीट्यान्स मार्फत सरकारलाई ठूलो सहयोग भएपनि प्रवासीका समस्याप्रति सरकारले वास्ता नगरेको, विकास निर्माणका नाउमा प्रवासमा रहेका बेला उनीहरुका जग्गा जमिन अतिक्रमण गर्ने, घर भत्काइदिने गर्दा ठूलो क्षति पुगेको बताइएको छ । प्रवासीका हक अधिकार र समुचित न्यायको माग गर्दै निम्न बुदामा ध्यानाकर्षण गराइएको छ ।
प्रवासी अर्यालद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा ‘बैदेशिक रोजगारमा गएका सबै नागरिकको तथ्यांक संकलन गर्नुपर्ने, बिकासको नाममा प्रवासीका घरजग्गा जमिनको संरक्षण गर्नुपर्ने आग्रह गर्दै नोक्सान गरिएमा दोषीलाई कारवाही साथैं पिडितलाई न्याय सहित क्षतिपुर्तिको माग दिनुपर्ने, कसैप्रति भेदभाव र अन्याय नगर्न सुझाव दिदै सबैका सहमतिको आधारमा योजना निर्धारण गर्नुपर्ने, प्रवासमा रहेका संघ संस्था लगायत अन्य माध्यमबाट उनीहरुले सामाजिक तथा अन्य क्षेत्रमा गरेका योगदानको मुल्याङकन र कदर गर्दै सहयोग र हौसला प्रदान गर्नुपर्ने, प्रवासीका समस्यामा अभिभावकत्वको भुमिका निर्वाह गरियोस् भन्दै उनीहरुलाई स्वदेश मै उद्योग ब्यबसाय गर्न चाहेमा आबश्यक सहयोग गर्नुपर्ने’ लगायतका बुदाँ उल्लेख गरिएका हुन ।
ज्ञापनपत्र बुझ्दै प्रमुख खाँणले प्रवासीका समस्याप्रति आफु संवेदनशील रहेको जनाउदै सम्बन्धित निकायसंग सहकार्यगर्दे अघि बढ्ने बताउनुभयो ।

Facebook Comments Box
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्‍यो सम्मान
६ दिन अगाडि

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय सरकारको संस्थागत क्षमता स्वमूल्यांकनमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकालाई उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको छ । नेपाली…

TOP