ग्लोबल आइएमई बैंक र बोधि होल्डिङबीच सम्झौंता, भैरहवामा घर किन्न सहुलियत कर्जा ।
भैरहवा : ग्लोबल आइएमई बैंक र बोधि होल्डिङ्गबीच सहुलियत ब्याजदरमा आवासीय कर्जा दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा बैंकका प्रमुखकार्यकारी अधिकृत रत्नराज बज्राचार्य र बोधि होल्डिङका अध्यक्ष जलेश्वर पाण्डेले हस्ताक्षर गरे। सम्झौंता अनुसार बोधिले भैरहवामा निर्माण गर्ने घर जग्गा खरीदमा बैंकले सहुलियत दरमा घर कर्जा दिनेछ। बोधिले निर्माण गर्ने परियोजनामा ग्लोबल बैंकिङ पार्टनर बनेको छ।
।

भैरहवामा बोधि होम्स् हाउजिङ परियोजनामा कुल ३ सय घरहरु निर्माण हुनेछ। दुई चरणमा निर्माण हुने हाउजिङ परियोजनाको पहिलो चरणमा एक सय ५ र दोस्रो चरणमा एक सय ९५ घरहरु निर्माण हुनेछ।
पहिलो चरणमा बन्ने घरहरुको निर्माण १८ महिना भित्र सक्नेगरी काम सुरु भइसकेको छ। दोस्रो चरणमा बन्ने घरहरुको निर्माण मंसिर २०७८ बाट सुरु गरेर दुई वर्षमा सक्ने योजना रहेको छ। कुल १४ बिघा (एक सय ८६ रोपनी ६ आना १.८८५ दाम) मा निर्माण हुने यस परियोजना भैरहवाकै ठूलो आवासीय परियोजना हुने देखिन्छ।
।

समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


