गल्याङको दिमिकमा रहेको जनकल्याण दुग्ध उत्पादक सहकारीको साधारणसभा सम्पन्न
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ११ दिमिकमा रहेको श्री जनकल्याण दुग्ध सहकारी संस्थाको प्रारम्भिक साधारणसभा सम्पन्न भएको छ ।
स्थानीय दुध उत्पादक किसानहरुद्धारा गठन गरिएको सहकारीको साधारणसभा शनिबार सम्पन्न भएको हो ।
साधारणसभाको उद्घाटनका अवसरमा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले गरिब र किसानको उत्थान गर्नु नै आफ्नो लक्ष भएको बताउनुभएको छ ।
उहाँले गरिब र किसानहरुको उत्थान नहुँदासम्म विकास नहुने भएकाले आफु त्यसमा लागिरहेको स्पष्ट पार्नुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘गाउँगाउँमा रहेका किसानलाई सम्बृद्धिमा पु¥याउनु मेरो एकमात्र लक्ष हो । तपाईहरु काम गर्नुस् अनुदान ल्याउनुस् ।’
सहकारीको माध्यमबाट अर्बौंको लगानी हुने र रोजगारी एवम् स्वरोजगारी स्थापना हुने भएकाले अभियानको रुपमा सहकारीमा लागेको भन्दै उहाँले सहकारीमार्फत नै विकास र सम्बृद्धि आउने बताउनुभयो ।
अझै पनि समाजमा अर्काको कुरा गर्ने र ठूलो कुरा मात्रै गर्ने संस्कार रहेको भन्दै नगरप्रमुख अधिकारीले विकासका लागि चेतनाको स्तर बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो ‘म होइन, हामी भन्ने संस्कारको विकास गर्नुपर्छ र सकारात्मक बन्न सक्नुपर्छ । कुरा गरेर मात्रै हुँदैन, काम गर्नुपर्छ ।’
नगरप्रमुख अधिकारीले लागत सहभागिताका आधारमा अनुदान वितरण भैरहेको भन्दै दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानको व्यवस्थाले काम गर्ने सबै वर्ग, जाति, क्षेत्र, पार्टी समेटेको बताउनुभयो ।
आगामी वर्ष नगरपालिकाको सबै पैसा अनुदानमा दिन चाहेको भन्दै उहाँले सकेसम्म उत्पादनमा प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो ।
नगरप्रमुख अधिकारीले दुधको सेतो सहर बनाउने आफ्नो अभियानमा अहिले धेरै नगरवासीले साथ दिएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले अहिले करिब २५ सय लिटर दुध दैनिक रुपमा गल्याङबाट निर्यात गरिरहेको र आगामी वर्ष सम्म दश हजार लिटर पु¥याउने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।
बाख्राको क्षेत्रमा, मसलाबाली जोन, आलु पकेट क्षेत्र लगायतका क्षेत्रमा पनि गल्याङमा धेरै कामहरु भैरहेको भन्दै उहाँले त्यसको सदुपयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर ११ का अध्यक्ष शंकरदेत्र अधिकारीले शुन्य लिटर दुध भएको दिमिकमा अहिले सहकारी मार्फत चलेको अभियानले निकै फाइदा गरेको बताउनुभयो । उहाँले स्वरोजगार र आत्मनिर्भर बन्ने अभियानमा यसैगरी लाग्न आग्रह गर्नुभयो ।
गणेश आधारभूत विद्यालयका प्रधानाध्यापक थिरलाल कँडेलले गल्याङमा जस्तो दुध र कृषिमा अनुदानको व्यवस्था कहींपनि नभएको भन्दै नगरप्रमुख र नगरपालिकाले दिइरहेको अनुदानको अधिकतम प्रयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहकारीमा सबैभन्दा धेरै १६ हजार तीन सय लिटर दुध उत्पादन गर्ने सुर्यप्रसाद अधिकारी, नियमित रुपमा सहकारीमा दुध ल्याउने हरिलाल भट्टराई र तेजबहादुर घर्तीलाई सम्मान पनि गरिएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष मोहनीलाई भट्टराईले संस्थाको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाबाट हाल दैनिक एक सय ५० लिटर दुध उत्पादन भई निर्यात भैरहेकोमा छ महिनाभित्र दैनिक छ सय लिटर दुध निर्यात गर्ने घोषणा गरिएको छ ।
समाचार
थप सामाग्रीगरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण
१ हप्ता अगाडि
पाेखरा : गरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण निर्वाचित हुनुभएको छ । सोमबार बैंकको पोखरामा भएको १८ औं साधारणसभा…