गल्याङ : ११ वटै वडामा मेलमिलाप समिति गठन गरी वडाका उजुरी समाधानको प्रयास हुने
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकाका सबै वडाहरुमा मेलमिलाप समिति गठनको क्रमलाई तिब्रता दिइएको छ ।
गल्याङ नगरपालिका न्यायिक समितिको आयोजनामा मेलमिलाप समिति गठनको क्रमलाई तिब्रता दिइएको हो ।
केही दिन अघि नगरपालिकाको वडा नम्बर सातमा मेलमिलाप समिति गठन गरिएकोमा सोमबार वडा नम्बर आठ र ११ मा पनि मेलमिलाप समिति गठन गरिएको छ ।
नगरपालिका न्यायिक समितिका सदस्य गोपाल भण्डारीले सबै वडामा मेलमिलाप समिति गठन गर्ने क्रममा सोमबार दुई वटा वडामा पनि गठन गरिएको जानकारी दिनुभयो ।
उहाँले नगरपालिकामा मुद्वाको चाप धेरै भएपछि वडामा पनि मेलमिलाप समिति गठन गरिएको स्पष्ट पार्नुभयो ।
.

सदस्य भण्डारीले वडामा समाधान हुने मुद्वा वडाबाट नै टुङ्गो लगाउनका लागि वडामा गठन गरिएका मेलमिलाप समितिले काम गर्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो –‘वडाका समस्या सकेसम्म वडामा नै समाधान होउन् भन्नका लागि हामीले यो प्रक्रियामा गएका छौं । ११ वटै वडामा मेलमिलाप समिति गठन हुनेछ ।’
अहिले नगरपालिकाको न्यायिक समितिमा मासिक सरदर २० वटा उजुरी आउने गरेको जानकारी दिदै ती मध्ये आधा जसो उजुरी हल भएको उहाँले बताउनुभयो । आएका उजुरी मिलाउन सकेसम्म समितिबाट प्रयास हुने गरेको भन्दै उहाँले समाधान हुनै नसकेका उजुरी अदालतको प्रक्रियामा जाने बताउनुभयो ।
गल्याङ नगरपालिकामा नगर उपप्रमुख देविसरा थापाको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन भई नगरपालिका भित्रबाट आउने उजुरीहरुको छानविन गरिरहेको छ ।
.

समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


