त्रिदेशीय कपको उपाधि नेपाललाई, बंगलादेश २-१ ले पराजित
काठमाडौं : ‘त्रिदेशीय कप’ फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।
सोमबार बेलुकी दशरथ रङ्गशालामा भएको फाइनलमा बंगलादेशलाई २/१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
नेपालका लागि खेलको १८ औं मिनेटमा संजोग राईले तथा ४१ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २/० ले अग्रता दिलाएका थिए ।
तर खेलको ८३ औं मिनेटमा बंगलादेशले एक गोल फर्काएको थियो । नेपालले ३७ वर्षपछि बंगलादेशलाई दशरथ रङ्गशालामा फाइनलमा पराजित गर्दै उपाधि जितेको हो । संजोग म्यान अफ द फाइनल बन्न सफल भएका छन् ।
जितसँगै नेपालले ट्रफीसहित पाँच हजार अमेरिकी डलर जितेको छ । विजेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार वितरण गर्नुभयाे ।
किर्गिस्तानको २३ वर्ष मुनिको टिमसमेत सहभागी प्रतियोगितामा बंगलादेश ४ अंकसहित लिगको विजेता बन्दै र नेपाल २ अंकसहित उपविजेता बन्दै फाइनलमा पुगेको थियो ।
नेपालले दुबै टिमसँग गोलरहित बराबरी खेलेको थियो भने बंगलादेशले किर्गिस्तानलाई १/० ले हराएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


