पत्रकार महासङ्घको चुनाव चैत २५ गते

काठमाण्डाै : नेपाल पत्रकार महासङ्घको चुनाव यही चैत २५ गते हुने भएको छ । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको बुधवारकाे बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एसाेसिएट संरचनाको चुनाव तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिनुभयो । 

महासङ्घको संशोधित विधानअनुसार केन्द्रीय साधारण सभा गएकाे फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ ।

चैत ७ गते सबै तहको चुनाव कार्यतालिका प्रकाशन हुने महासङ्घले जनाएको छ । चुनावकाे मिति तय भएसँगै बुधवारैदेखि पत्रकार कपिल काफ्लेका संयोजकत्वमा गठित चुनाव समितिले काम अघि बढाउने जनाइएको छ । समितिका सदस्यमा अधिवक्ता अरुण पौडेल, कपिलचन्द्र पोखरेल, कृष्णमाया भुसाल, हरेन्द्र राई र देवेन्द्र झा तथा सदस्य सचिवमा भक्तिराम घिमिरे रहेका छन् ।  

Facebook Comments Box
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि

आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…

TOP