पत्रकार महासङ्घको चुनाव चैत २५ गते
काठमाण्डाै : नेपाल पत्रकार महासङ्घको चुनाव यही चैत २५ गते हुने भएको छ । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको बुधवारकाे बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एसाेसिएट संरचनाको चुनाव तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिनुभयो ।
महासङ्घको संशोधित विधानअनुसार केन्द्रीय साधारण सभा गएकाे फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ ।
चैत ७ गते सबै तहको चुनाव कार्यतालिका प्रकाशन हुने महासङ्घले जनाएको छ । चुनावकाे मिति तय भएसँगै बुधवारैदेखि पत्रकार कपिल काफ्लेका संयोजकत्वमा गठित चुनाव समितिले काम अघि बढाउने जनाइएको छ । समितिका सदस्यमा अधिवक्ता अरुण पौडेल, कपिलचन्द्र पोखरेल, कृष्णमाया भुसाल, हरेन्द्र राई र देवेन्द्र झा तथा सदस्य सचिवमा भक्तिराम घिमिरे रहेका छन् ।
समाचार
थप सामाग्री
प्रधानमन्त्री बालेनलाई स्याङ्जा–२ का सांसद झविलालले कुन-कुन विषयमा गराए ध्यानाकर्षण !
७ दिन अगाडि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका…


