राष्ट्रिय दलित पत्रकार संघ स्याङ्जाको अध्यक्षमा नारायण विश्वकर्मा

dalit patrakar shang syangja

गल्याङ : राष्ट्रिय दलित पत्रकार संघ नेपालको शाखा स्याङ्जाको अध्यक्षमा नारायण विश्वकर्मा निर्वाचित हुनुभएको छ ।
स्याङ्जाको गल्याङ बजारमा शनिवार आयोजित प्रथम राष्ट्रिय दलित पत्रकार संघ नेपालको शाखा स्याङ्जाको भेलाले अध्यक्षमा नारायण विश्वकर्मा, उपाध्यक्षमा पुर्णिमा परियार, सचिवमा प्रकास सुनार, सह–सचिवमा सिता परियार, कोषाध्यक्षमा सुदिप थापा (विश्वकर्मा) सदस्यमा मोहन सुनार, विनोद घतानी, प्रदिप विश्वकर्मा, र विक्रम परियार निर्वाचित हुनु भएको छ ।
कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष विनोद पहाडीले दलित समुदायबाट जन्मेका महान प्रतिभाहरु झुपडीमा हराईरहेको बताउनु भएको छ ।
उहाँले दलित समुदायका महान प्रतिभाहरुको कथाव्याथा, क्षमता, जोस जाँथगरहरुका बारेमा समाचार नलेखिँदा र सफलताका कथा नबन्दा होनाहोर प्रतिभा पलायन हुनुपरेको बताउनुभयो ।
दलित आन्दोलनमा योगदान पुराएका जुझारु नेताको र विर ईतिहास रचेका प्रतिभालाई राष्ट्रिय तथा अन्तराष्ट्रियककरण गर्नका लागि राष्ट्रिय दलित पत्रकार संघ नेपालको स्थापाना भएका बताउनुभयो ।
प्रकास सपुत, राजु परियार, यस कुमार, शिव परियार, तुल्सी घिमिरे, पुजा चन, निरुता सिंह, सपना श्री लगायतका धेरै प्रतिभा अझैपनि हराईरहेको उहाँको तर्क छ ।
पहाडीले राज्यले र समाजले उनीहरुको प्रतिभा टिकाउन कोसिस नगरेको भन्दै अरु समुदायका क्षमता नभएका पनि यहि क्षेत्रमा रमाईरहेको र, समाजले टिकाउन कोसिस गरिरहेको बताउनुभयो ।
‘हामीले उनीहरुको सम्मान गरेनौँ, कसरी बाँचिरहेका छन् खोजेनौँ ।’ पहाडीले भन्नुभयो, ‘अब दलित पत्रकारहरुको काम गुम नाम भएका दलित समुदाय भित्रका महान प्रतिभालाई उजागर गर्नु आवस्यक छ ।’
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले वास्तिविक विषयमा कलम चलाउने व्यक्ति पत्रकार भएको बताउनुभयो ।
उहाँले गल्याङ नगर प्रमुखको हैसियतल दलित माथि हुने विभेद अन्त्यको संदेश दिने खालको जुनसुकै अग्नी परीक्षा दिन आफु तैयार रहेको बताउनुभयो ।
अधिकारीले दलित समुदायको क्षमता अभिबृद्धि र आर्थिक उपार्जनका विषयमा जुनसुकै सहयोग गर्नपनि तैयार रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वन समिति स्याङ्जाका सदस्य धनमाया विश्वकर्मा, बरिष्ठ पत्रकार तथा राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष बालकृष्ण चापागाई, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष गोपाल बराईली, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकास शर्मा, भुमि सम्वन्धी समस्या समाधान स्याङ्जाका विज्ञ दिपक विश्वकर्मा लगाएतले बोल्नुभएको थियो ।
त्यस्तै गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञ प्रसाद अर्याल, दलित पत्रकार संघ नेपाल लुम्बीनी प्रदेश कोषाध्यक्ष कृष्ण दर्नाल, दलित पत्रकार संघ नेपाल शाखा पाल्पाका अध्यक्ष तथा नेपाल पत्रकार संघ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्मा, दलित मुक्ति संगठन स्याङ्जाका संयोजक तिलकराम विश्वकर्मा, विश्व हिन्दू महा संघ गण्डकी प्रदेश उपाध्यक्ष लक्ष्मण भट्टराई, नेपाल उत्पीडित दलित समाज विकास समिति गल्याङका अध्यक्ष कुल बहादुर विश्वकर्मा, साझा युवा संगठन स्याङ्जाका अध्यक्ष सुमन भट्टराई लगाएतले बोल्नु भएको थियो ।
राष्ट्रिय दलित पत्रकार संघ नेपालको शाखा स्याङ्जाको अध्यक्षमा नारायण विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गण्डकी प्रदेश समिति सदस्य कामना सुनारले र सञ्चालन सचिव प्रकास सुनारले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP