कोरोनाकाे संक्रमण बढ्याे : स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन स्याङ्जा प्रशासनको आग्रह ।
स्याङ्जा : कोरोना संक्रमण बढ्न सक्ने जनाउँदै जिल्ला प्रशासन कार्यालय स्याङजाले स्वास्थ्य सुरक्षा मापदण्डसहित सतर्कता अपनाउन आग्रह गरेक छ। छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेपछि नेपालमा पनि जोखिम बढ्ने देखिएपछि सजक रहन स्वास्थ्य मन्त्रालयको निर्देशन बमोजिम स्याङजा प्रशासनले सजक रहन आग्रह गरेको हो।
कोभिडविरुद्ध लड्न सबै नागरिकले आवश्यक समन्वय गर्न र स्वास्थ्य मापदण्ड अबलम्बन गर्न प्रशासनको आग्रह छ। प्रशासकीय अधिकृत राजेन्द्र शर्माद्वारा हस्ताक्षरित सूचनामा अति आवश्यक कामबाहेक जिल्लाभित्र भीडभाड हुने किसिमका कार्यक्रम, सभा तथा समारोह संचालन नगर्न आग्रह गरिएको छ ।
विभिन्न ६ बुँदामा उल्लेखित सार्वजनिक सूचनामा पटक पटक हात धुन, सेनिटाइजरको प्रयोग गर्न, हिँडडुल गर्दा अनिवार्य मास्क लगाउन र कम्तीमा २ मीटर सामाजिक दूरी कायम गर्न भनिएको छ।
त्यस्तै, कोभिडको लक्षण देखिएमा तत्कालै तोकिएको स्वास्थ्य संस्थामा गइ कोरोना परीक्षण गराउन र जिल्लाका ११ वटै स्थानीय तहलाई संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै क्वारेन्टाइन र आइशोलेसन केन्द्र तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। होटल, पसल व्यापार सञ्चालन गर्दा जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गर्न गराउन सूचनामार्फत आग्रह गरिएको छ ।
.

समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


