चक्लाबन्दीका लागि सार्वजनिक सुनुवाई
भवानी अधिकारी/स्याङजा :
पुतलीबजार नगरपालिका १४ स्थित जोगीचौरमा चक्लाबन्दी गर्नका लागि सरोकारवालाबीच सार्वजनिक सूनुवाई गरिएको छ।
सुनुवाई कार्यक्रममा नगरपालिकाका उपप्रमुख महेश पुरीले सदरमुकामको छेउमै रहेको जोगीचौरमा गर्न थालिएकोे चक्लाबन्दीले सामुहिक खेती प्रणालीको विकास गर्ने बताए। साथै, टुक्रे जग्गामा ब्यक्तिगत भन्दा सामुहिक खेती गरी आयआर्जन बढाउन समेत उनको सुझाव छ।
जोगिचौरका २५ घर परिवारको जग्गा समेटेर ७७ रोपनी जग्गा सम्याउने काम सुरु भएको छ। चक्लावन्दीका लागि गण्डकी प्रदेश सरकारको १५ लाख र उपभोक्ताको साझेदारीमा १८ लाख ३५ हजार खर्च गरेका महिला नेतृ तारा शर्माले जानकारी दिईन।
सुनुवाई कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, प्रधानमन्त्री आधुनिकीकरण सुन्तला सुपरजोनका प्रमुख माधव लम्साल, चक्लावन्दी आयोजनाका अध्यक्ष मुक्ति पौडेल, स्थानीयबासी नारायण शर्मा लगायतले ब्यवासायिक खेतीप्रणाली अवलम्बन गर्न चक्लाबन्दीमा जानुपर्ने आवश्यक रहेको बताउदै आयआर्जनमा जोडिन सुझाव दिए।
तस्विर ः भवानी अधिकारी÷स्याङजा
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


