चक्लाबन्दीका लागि सार्वजनिक सुनुवाई
भवानी अधिकारी/स्याङजा :
पुतलीबजार नगरपालिका १४ स्थित जोगीचौरमा चक्लाबन्दी गर्नका लागि सरोकारवालाबीच सार्वजनिक सूनुवाई गरिएको छ।
सुनुवाई कार्यक्रममा नगरपालिकाका उपप्रमुख महेश पुरीले सदरमुकामको छेउमै रहेको जोगीचौरमा गर्न थालिएकोे चक्लाबन्दीले सामुहिक खेती प्रणालीको विकास गर्ने बताए। साथै, टुक्रे जग्गामा ब्यक्तिगत भन्दा सामुहिक खेती गरी आयआर्जन बढाउन समेत उनको सुझाव छ।
जोगिचौरका २५ घर परिवारको जग्गा समेटेर ७७ रोपनी जग्गा सम्याउने काम सुरु भएको छ। चक्लावन्दीका लागि गण्डकी प्रदेश सरकारको १५ लाख र उपभोक्ताको साझेदारीमा १८ लाख ३५ हजार खर्च गरेका महिला नेतृ तारा शर्माले जानकारी दिईन।
सुनुवाई कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, प्रधानमन्त्री आधुनिकीकरण सुन्तला सुपरजोनका प्रमुख माधव लम्साल, चक्लावन्दी आयोजनाका अध्यक्ष मुक्ति पौडेल, स्थानीयबासी नारायण शर्मा लगायतले ब्यवासायिक खेतीप्रणाली अवलम्बन गर्न चक्लाबन्दीमा जानुपर्ने आवश्यक रहेको बताउदै आयआर्जनमा जोडिन सुझाव दिए।
तस्विर ः भवानी अधिकारी÷स्याङजा
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
४ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


