विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय
काठमाडौं : सरकारले नेत्रविक्रम चन्द विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समुहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ ।
वि.स.२०७५ फागुन अन्तिम साता गैरराजनीतिक क्रियाकलाप सञ्चालन गरेको, हिंसात्मक बाटो लिएको आरोप लगाउंदै सरकारले विप्लव समुहमाथि प्रतिबन्ध लगाएको थियो ।
यसअघि बिहीबार बिहान सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको थियो ।
मंगलबारदेखि पटक–पटक भएको वार्ता पछि दुवै समूहबीच तीन बुँदे सहमति भएको हो ।
सहमति अनुसार संवादबाटै सम्पूर्ण राजनीतिक विषयहरुको समाधान खोज्न विप्लव समूह सहमत भएको छ भने सो समूहले आफ्ना सम्पूर्ण गतिविधिहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने छ ।
यस्तै सरकारको तर्फबाट विप्लव समूहमाथिको प्रतिबन्ध हटाइने छ भने सम्पूर्ण बन्दीहरु रिहा गर्ने र मुद्दाहरु फिर्ता लिइने छ ।
सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गर्नुभएको छ ।
शुक्रबार २ बजे राजधानीमा हुने कार्यक्रम मार्फत विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक हुनु हुने छ भने सहमतिको विस्तृत जानकारी पनि दिइने छ ।
प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुने उक्त कार्यक्रमलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम समेत बनेको जनाइएको छ ।
समाचार
थप सामाग्री-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…


