स्याङ्जाका भण्डारीले खोले काठमाडौमा तीन करोडको लगानीमा शुद्ध साकाहारी रेष्टुरेन्ट

स्याङ्जा : गल्याङ नगरपालिका एक मालुङा धाङलिङका सागरमणि भण्डारीले काठमाडौ नक्साल भटभटेनी नजिकै ढल्कुचोकमा करिब तीन करोडको लगानीमा शुद्ध साहाकारी रेष्टुरेन्ट संचालनमा ल्याएका छन् । वैदेशिक रोजगारीको २७ बर्ष अनुभवलाई आफ्नै देशमा लगानी गर्ने उदेश्यका साथ इटालीएन खाना सहितको शुद्ध साहाकरी रेष्टुरेन्ट संचालनमा ल्याएको भण्डारीले बताए ।

उनले भने ” आज २५ बर्ष पहिला भारतमाबाट सुरु गरिएको परिकार लिएर आज आफ्नै देशमा आएका छौ ।” लामो समयमा जापानमा रेष्टुरेन्ट संचालन गरेका उनले पछिल्लो समय काठमाडौमा पनि संचालनमा ल्याएका हुन् । घरको आर्थिक अभावकै कारण वैदेशिक रोजगारीमा हिडेका भण्डारीका सुरुका दिन कष्टकर बितेपनि हाल उनी एक व्यावसायिकको रुपमा स्थापित भैसकेका छन् । कुनै जमानामा प्राय नेपालीहरुको पहिलो रोजगारीको गन्तव्य भारत हुन्थ्यो ।

.

सागरमणि भण्डारी

उनि पनि त्यहीँ भारतबाट आजभन्दा २७ बर्ष पहिले वैदेशिक यात्रा सुरु गरेका थिए । सानो केटो भारत गएर एउटा होटलमा काम गर्दैगर्दा त्यस्तै होटलको मालिक बन्न सक्छु भन्ने उनको सपनाको कुरा थियो । तर पनि गाउँमा बुढापाकाले भन्ने गरेको उखान “उदेश्य के लिनु उडि छुनु चन्द्र एक” भन्ने उखानले सधै पछ्याइरह्यो उतिबेलाका सपना विपनामा परिणत भयो । चौधबर्ष भारतमा रोजगारीको सिलसिलामा सिकेको सीप बोकेर आजभन्दा तेह्र बर्ष पहिले जापान पुगेका भण्डारीले जापानमा पाँच बर्षको अनुभव पछि त्यहीँ रेष्टुरेन्ट संचालक गरेर तेईस बर्ष पहिलेको सपना साकार पार्न तिर लागे ।

जापानमा व्यावसायिक रूपमा स्थापित भैसकेका भण्डारी उताकै नागरिक बनेर पनि बस्न सक्थे त्यही मात्रै होइन युरोपका कुनैपनि देशको नागरिक बनेर बस्न समेत उनलाई गाह्रो थिएन तर ती अवसरलाई परै राखेर अहिलेपनि हरियो पासपोर्ट बोकेर काठमाडौका गल्तीमा व्यावसाय गर्ने चाहना बोकेर हिडेका छन् । ” कोसिस गरेको भए सायद अन्य देशको नागरिक हुन मलाई कुनै गर्हो हुदैन थियो होला तर जुन आन्न्द हरियो पासपोर्ट बोकेर म नेपाली हु भन्दा आउँछ त्यो आनन्द पाउने थिइन सायद ।” पैसा कमाएपछि धेरैको इच्छा हुन्छ सके बिदेश तिर सेटल हुने नसके राम्रो घर बनाएर एस आराम गर्ने तर ती सबै इच्छालाई त्यागेर आफुले सुरुवाती अवस्थामा स्वदेशमा जागीर नपाएको कुरा स्मरण गर्दै हाल उनले नेपालमा ब्यबसाय गर्ने र दक्ष जनशक्ति लाई यहीँ रोजगारी दिने अभियानमा जुटेका छन् ।

वैदेशिक रोजगारको क्रममा पैसासंगै सीप समेत लिएर स्वदेश पसेका भण्डारीले आफ्नो सिपलाई नेपालमा लगानी गर्न कुनै गाह्रो थिएन । तर लगानी गरेर ब्यबसाय संचालन गरे लगत्तै आएको कोभिड पछिको लकडाउन भने उनका लागी निकै ठुलो भारी पर्यो । तर निरन्तर सङ्हर्सनै सफलताको उच्चतम बिन्दु हो भन्ने बुझेका भण्डारीले यो कोभिड पछिको लकडाउन पछी पनि निरन्तर सङ्हर्समा लागिरहे ।

पहिलो वैदेशिक रोजगारीको गन्तव्य बनेको भारतमा सिकेको सिप र आजभन्दा २५ बर्ष पहिले त्यहीँ भारतमा बनेको टिम लिएर २०७६ जेष्ठबाट काठमाडौको नक्साल भाटभेनी नजिकै ढल्कु चोकमा इटालियन खाना सहितको रेस्टुरेन्ट संचालन गरे उनले । करिब तिन करोडको लगानीमा पाँच हजार स्कुवार फुटमा फैलिएको रेस्टुरेन्ट संचालन गरेको दश महिनामै कोभिडका कारण बन्द गर्नुपर्यो र एघार महिनाको बन्द पछि हाल रेष्टुरेन्ट पुन संचालकनमा आएको छ । बिशेषगरि इटाली पर्यटक फोकस गरि संचालनमा आएको उक्त रेष्टुरेन्ट कोभिडका कारण बिदेशी पर्यटक आउन सक्ने सम्भावना नभएपनी हाल इटालियन स्वाद नेपाली नागरिकहरुमा बाढ्दै आएका छन् ।

लिटिल वाइट्स नामबाट संचालनमा आएको उक्त रेस्टुरेन्टमा एसि सहितका कोठा रहेका छन् भने बिशेशत दाउरामा पकाएका खाना ग्राहकको मुख्य रोजाइमा पर्ने गरेको देखिन्छ । पिजा समेत दाउरामा पकाएको पाइने हुँदा अन्य रेष्टुरेन्टमा भन्दा यहाँको स्वाद अलि बेग्लै हुने गरेको ग्राहकको अनुभव छ । पारिवारिक वातावरण अनि सबै घरको जस्तो दाउरामा पकाउने हुँदा पनि यहाँको छुट्टै बिशेषता रहेको सेवाग्राहीको बुझाइ छ । त्यही मात्रै होइन रेस्टुरेन्टको लागि चाहिने पाउरोटी, ससेस लगायत आवश्यक सम्पुर्ण सामाग्री रेस्टुरेन्टमै बनाइने हुँदा यहाँको स्वाद अन्यत्रको भन्दा फरक हुने होटल संचालक भण्डारीको भनाइ छ ।

सुरुवाती दिनमा मात्रै नभएर कोभीडले यत्रो असर पारेको समयमा पनि राज्यबाट कुनै सहयोग समेत पाउन नसकेका भण्डारीले बिदेश बाट भित्रीने लगानीमा सरकारले अलि चासो दिने हो भने थुप्रै बिदेशी लगानी भित्र्याउन गाह्रो नभएको तर्क गरे । ” राष्ट्रियताको मायाले स्वदेश लगानी गर्न थालियो तर झन्झटिलो प्रक्रियाले दिक्क बनाउने रहेछ ” आफ्नो अनुभव सुनाउदै उनले भने । देशको अर्थतन्त्र बलियो बनाउने माध्यम ब्यबसाय भएको हुँदा ब्यबसाय गर्ने लाई राज्यको विशेष ध्यान पुग्नुपर्ने उनको सुझाव छ ।

Facebook Comments Box
TOP