‘अर्गानिक माया’ बोलको म्यूजिक भिडियो युट्युब च्यानल मार्फत सार्वजनिक
स्याङजा :
अर्गानिक माया बोलको म्यूजिक भिडियो युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । म्यूजिक भिडियो बहुचर्चित सर्जक तथा गायक शिव हमालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । संचारकर्मी विक्रम संवतको शब्द तथा लय रहेको अर्गानिक माया बोलको म्यूजिक भिडियोको पुतलीबजार नगरपालिका–४ स्थीत कुनौटे डाडाँमा छायाङ्कन गरिएको छ । चर्चित गायिका मेलिना राई र गायक सन्तोष आर.डी.को स्वर रहेको उक्त म्यूजिक भिडियोमा चर्चित मोडल करिश्मा ढकाल र सन्दिप विसीले अभिनय गरेका छन् । मायाप्रेममा आधारित म्यूजिक भिडियोको निर्देशन तथा छायाङ्कन असम स्टुडियोका संचालक प्रमोद गुरुङले गरेका हुन् ।
दुई दिन सम्म लगायर छायाङ्कन गरिएको अर्गानिक माया बोलको म्यूजिक भिडियोको नृत्य निर्देशन कमल गुरुङले गरेका थिए । स्थानीय कलाकारहरुको प्रतिभालाई समेत समेटेर म्यूजिक भिडियो तयार पारिएको अर्गानिक माया बोलको गितका सर्जक विक्रम संवतले जानकारी दिए । उनले दर्शक श्रोताहरुलाई आर्गानिक माया बोलको म्यूजिक भिडियो सुनेर र हेरेर साथ तथा प्रतिक्रिया दिन समेत अनुरोध गरे ।
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


