स्याङ्जाका चार स्थानमा डढेलो
भवानी अधिकारी/स्याङ्जा : स्याङजाका विभिन्न चार स्थानमा बिहीबार साँझदेखि डढेलो सहितको आगलागी भएको छ। तीन स्थानमा त अझै आगलागी नियन्त्रणमा नरहेको प्रहरीले जनाएको छ। विभिन्न स्थानमा लागेको आगलागीमा परी १५ वटा बाख्रा मर्नुका साथै ५ घाइते छन्। घर र गोठ जलेर लाखौंको क्षति पुगेको छ।
गल्याङ नगरपालिका ७ दारेगैडास्थित लसुन स्थित ७० वर्षीया भागिरथी पाण्डेको खरले छाएको ढुंगाा माटाले बनेको घर र गोठ जलेको छ। गोठभित्र रहेका ७ वटा बाख्रा जलेर मरेका छन् भने एउटा घाइते भएको छ।
सोही ठाउँका ७१ वर्षीय चन्द्रप्रसाद पाण्डेको पनि एक तले खरले छाएको घर र घरसँगै जोडिएको गोठमा आगोले क्षति पुर्याएको छ। उनको पनि गोठमा रहेको ८ वटा बाख्रा मरेका छन् भने ४ वटा घाइते छ।
आगलागीबाट करिव ३ लाख ५० हजार बराबरको क्षति भएको र मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए। घर र गोठमा लागेको आगो स्थानीय र प्रहरीको सक्रियतामा निभाइएको छ।
अहिले पनि पुतलीबजार नगरपालिका ५ र ६ को संगमस्थल भालुपहाड, वालिङ नगरपालिका २ स्थित धोवादी सामुदायिक बनमा र बिरुवा गाउँपालिका स्थित चन्द्रकोट सामुदायिक बनका भीरपाखामा आगो बलिरहेको प्रहरीले जनाएको छ।
मानव बस्तीभन्दा पर मानिस जान नसक्ने भीरमा आगो बलेको बताइएको छ। घटनास्थलमा स्थानीयबासी, प्रहरी र सेना पुगेका छन्। बनजंगलमा सुकेका घाँसपातमा आगो लगाएपछि नयाँ घाँसपात राम्रो पलाउने विश्वास गर्दै जंगलमा डढेलो लगाउने गर्ने गरेको प्रनाउ अधिकारीले बताए। उनले भने, ‘कहिले काहीं स साना लापरवाहीका कारण पनि आगलागी हुँदा ठूलो क्षति पुग्छ।’
समाचार
थप सामाग्रीवालिङ क्याम्पस,स्ववियुको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न ।
३ दिन अगाडि
वालिङ : स्याङजाको वालिङमा रहेको वालिङ बहुमुखी क्याम्पस,स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत…