दाहाल बने नेकपा संसदीय दलको नेता, ११४ जना सांसद आफ्ना पक्षमा रहेको दाबी
काठमाडौं :नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ ।
सिंहदरबारमा जेष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको उक्त समूहको बैठकले संसदीय दलको नेता परिवर्तन गर्दै दाहाललाई नेता चुनेको हो ।
बैठकअघि उक्त पक्षले आफ्ना सांसद्हरुको हस्ताक्षर संकलन गर्दै नेकपा संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको दाबी गरेको छ । सांसद् सोमप्रसाद पाण्डेका अनुसार ११४ जना सांसदले दाहाललाई नेता बनाउन हस्ताक्षर गरेको छन् ।
नेकपामा अध्यक्ष केपी ओली र दाहाल–नेपाल दुबै पक्षले आफूलाई आधिकारिक भएको दाबी गर्दै आएका छन् । प्रतिनिधि सभामा नेकपाका १७३ सांसद रहेका छन् ।
संसदीय दलले विप्लव नेनृत्वको नेपाल कम्युनिष्ट पार्टीको शान्तिपूर्ण बाटोमा आउने कदमलाई स्वागत समेत गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


