दाहाल बने नेकपा संसदीय दलको नेता, ११४ जना सांसद आफ्ना पक्षमा रहेको दाबी
काठमाडौं :नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ ।
सिंहदरबारमा जेष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको उक्त समूहको बैठकले संसदीय दलको नेता परिवर्तन गर्दै दाहाललाई नेता चुनेको हो ।
बैठकअघि उक्त पक्षले आफ्ना सांसद्हरुको हस्ताक्षर संकलन गर्दै नेकपा संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको दाबी गरेको छ । सांसद् सोमप्रसाद पाण्डेका अनुसार ११४ जना सांसदले दाहाललाई नेता बनाउन हस्ताक्षर गरेको छन् ।
नेकपामा अध्यक्ष केपी ओली र दाहाल–नेपाल दुबै पक्षले आफूलाई आधिकारिक भएको दाबी गर्दै आएका छन् । प्रतिनिधि सभामा नेकपाका १७३ सांसद रहेका छन् ।
संसदीय दलले विप्लव नेनृत्वको नेपाल कम्युनिष्ट पार्टीको शान्तिपूर्ण बाटोमा आउने कदमलाई स्वागत समेत गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
समाचार
थप सामाग्री-
एमालेका थापाको संकल्प पत्र : सिद्धार्थ राजमार्ग र आँधीखोला जलाशय पहिलो प्राथमिकतामा
-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
४ दिन अगाडि
प्रकाश डोटेल/स्याङ्जा : मुक्तिनाथ कृषि कम्पनीका संस्थापक अध्यक्ष भरतराज ढकालले कृषिमा मूल्य श्रंखला, कृषि क्षेत्रको संस्थागत विकास र रोजगारी सृजनामा…


