वालिङद्वारा पुलिस क्बल १–० ले पराजित

sports news

तोलाकान्त बगाले/वालिङ :

महिला राष्ट्रिय फुटबल लिगमा आईतबार वालिङ नगरपालिका बिजयी भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आजको खेलमा वालिङले नेपाल पुलिस क्लबलाई शुन्यका विरुद्ध एक गोल गरी जीत दर्ता गरेको हो । वालिङ नगरपालिका पुलिसबीचको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । वालिङले दोस्रो हाफको ५८ औं मिनेटमा गोल गरेर एक शुन्यको नतिजा निकालेको हो । वालिङका लागि उक्त गोल नै जितका लागि निर्णायक गोल बन्न पुगेको प्रशिक्षक दिलीप थापाले बताउनुभयो । आजको खेलमा वालिङका लागि विदेशी २३ नं. जर्सीकी खेलाडीले उत्कृष्ट खेलाडीकोरुपमा पुरस्कृत हुनुभएको थियो ।

.

यसअघि पहिलो चरणको खेलमा वालिङ र पुलिसबीचको खेल एक÷एक गोलको बराबरीमा सकिएको थियो भने दोस्रो चरणको आजको खेलमा वालिङले जीत निकालेको हो ।

प्रतियोगितामा वालिङ नगरपालिकासहित विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन् ।

Facebook Comments Box
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि

काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…

TOP