वालिङद्वारा पुलिस क्बल १–० ले पराजित
तोलाकान्त बगाले/वालिङ :
महिला राष्ट्रिय फुटबल लिगमा आईतबार वालिङ नगरपालिका बिजयी भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आजको खेलमा वालिङले नेपाल पुलिस क्लबलाई शुन्यका विरुद्ध एक गोल गरी जीत दर्ता गरेको हो । वालिङ नगरपालिका पुलिसबीचको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । वालिङले दोस्रो हाफको ५८ औं मिनेटमा गोल गरेर एक शुन्यको नतिजा निकालेको हो । वालिङका लागि उक्त गोल नै जितका लागि निर्णायक गोल बन्न पुगेको प्रशिक्षक दिलीप थापाले बताउनुभयो । आजको खेलमा वालिङका लागि विदेशी २३ नं. जर्सीकी खेलाडीले उत्कृष्ट खेलाडीकोरुपमा पुरस्कृत हुनुभएको थियो ।
.

यसअघि पहिलो चरणको खेलमा वालिङ र पुलिसबीचको खेल एक÷एक गोलको बराबरीमा सकिएको थियो भने दोस्रो चरणको आजको खेलमा वालिङले जीत निकालेको हो ।
प्रतियोगितामा वालिङ नगरपालिकासहित विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


