वालिङद्वारा चन्द्रपुर ३–० ले पराजित
तोलाकान्त बगाले/वालिङ :
महिला राष्ट्रिय फुटबल लिगमा मंगलबार वालिङ नगरपालिका बिजयी भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आजको खेलमा वालिङले रौतहटको चन्द्रपुर नगरपालिकालाई शुन्यका विरुद्ध तीन गोल गरी जीत दर्ता गरेको हो । वालिङ नगरपालिकाले पहिलो हाफको ३७ र ४५ मिनेट तथा दोस्रो हाफको ५४ औं मिनेटमा गोल गरेर तीन शुन्यको नतिजा निकालेको हो । वालिङका लागि विदेशी खेलाडीद्वय मेथो रुथले दुई र टोटा नोईल्लीले एक गोल गर्नुभएको थियो । टोटाले खेलको ३७ औँ मिनेटमा गोल गर्दा मेथोले ४५ र ५३ औं मिनेटमा गोल दुई गोल गरेपछि वालिङले चन्द्रपुरलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
यो जितसँगै वालिङ ६ खेलमा आठ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पाँच वटा हार बेहोरेको चन्द्रपुर ३ अंकसहित छैटौं स्थानमा रहेको छ । प्रतियोगितामा वालिङ नगरपालिकासहित विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन् ।
उक्त प्रतियोगितामा वालिङकी जर्सी नं. १७ की खेलाडी उत्कृष्ट खेलाडीकोरुपमा घोषित हुनुभई पाँच हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


