वालिङका नवउद्यमी तथा कृषकहरुको सहभागीतामा एकदिने कार्याशाला
वालिङ :
वालिङमा आयोजित एक कार्यशालाका सहभागी कृषक तथा नवउद्यमीहरुले अव प्रविधिमैत्री काममा जोड दिने बताएका छन् । उनीहरुले प्रविधिलाई प्रयोग गरेर काम गर्दा लागत कम लाग्ने र उत्पादन धेरै हुने बताएका हुन । उनीहरुले उत्पादनको सहज बजार व्यवस्थापन,जंगलीजनावरबाट बालीनालीको सुरक्षा, प्रबिधिमैत्री काम लगायतमा जोड दिएका थिए ।
कृषक तथा उद्यमीहरुले आफ्ना समस्याको पहिचान कसरी गर्ने,अरुसँग तुलना कसरी गर्ने र संयुक्त तथा एकल समाधान कसरी खोज्ने भन्ने बिषयमा छलफल गरेका थिए ।
कार्यक्रममा अति प्राथमिकता दिनुपर्ने समस्यालाई पहिचान गर्ने र अरुसँग सहकार्य गरी समाधान गर्ने उपायका बारेमा जानकारी गराईएको थियो ।
.
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्वारा सञ्चालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत डिजाईन थिङ्किङ वर्कशप फर बिजनेश ईन्कुवेशन कार्यक्रम गरिएको हो । कार्यक्रमको समन्वय वालिङ नगरपालिकामा सञ्चालनमा ल्याईएको उद्यमशीलता, व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईविकले गरेको थियो ।
कार्यशालामा सहजीकरण गर्दै काठमाण्डौं बिश्वबिद्यालयका सहायक प्राध्यापक रोशी लामिछानेले व्यवशाय प्रवद्र्धनमा नविनतम सोचको प्रयोग,काम गर्ने क्रममा देखापर्ने समस्याको सही र सहजरुपमा निराकरण,समस्या र समधानका फरक फरक तरिकाबाट समाधानको प्रयास लगायतका बारेमा जानकारी गराउनु भएको थियो ।
.
कार्यक्रममा उद्यमशीलताका अभियान्ता तथा स्तम्भकार दिनकर नेपालले समेत सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा ‘स्टार्टअप’ का रुपमा रहेका उद्यमीहरु,नगरपालिकाका शाखा प्रमुखहरु लगायतको सहभागीता रहेको थियो ।
वालिङ नगरपालिकामा स्थापना गरिएको उद्यमशीलता, व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईविकले कोभिड १९ का कारण रोजगारी गुमाएका तथा नयाँ कामको शुरुवात गर्न चाहानेहरुका लागि सहजीकरण गर्ने काम गर्दै आईरहेको छ ।
उद्यमशीलता, व्यवशाय प्रवर्धन तथा नवप्रवर्तन डेस्क मार्फत उद्यमीहरुलाई कोचिङ र मेन्टरिङ गर्ने काम भईरहेको नगरपालिकाले जनाएको छ ।
.
समाचार
थप सामाग्री-
गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
-
दहथुम बहुमुखी क्याम्पसमा ७१ जना विद्यार्थीलाई छात्रवृत्ति
-
वालिङ कर्मचारी सहकारीका सदस्यलाइ सहकारी शिक्षा तालिम
-
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्यो सम्मान
-
बालबालिकालाई संस्कृतिसँग जोड्दै सामाजिक विकास कार्यालय ।
फोटोग्राफरहरुले गरे मिर्गौला पीडितलाई सहयोग
६ दिन अगाडि
हिमाल न्यौपाने/गल्याङ : फोटोग्राफर मञ्च स्याङ्जाले मिर्गाैला पीडितलाई सहयोग गरेको छ । गल्याङ नगरपालिका–६ पिढिखोलाका शेरबहादुर थापाको श्रीमती २९ बर्षिया…