वालिङमा जेसीजको “मल्टि च्याप्टर शाखा पदाधिकारी तालिम सम्पन्न”

jci_waling pic

वालिङ :
वालिङ जेसीजको आयोजना तथा गल्याङ र भीरकोट जेसीजको सहकार्यमा “मल्टि च्याप्टर शाखा पदाधिकारी तालिम सम्पन्न” भएको छ ।
कार्यक्रममा बोल्दै नेपाल जेसीजका क्षेत्र ख का निरूपित राष्ट्रिय उपाध्यक्ष दिपेन्द्र निरौला जेसीज युवाहरूले नै समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनु भयो । लिडरशीपका लागि तालिम निक्कै प्रभावकारी रहने भन्दै उपाध्यक्ष निरौलाले भन्नुभयो,“ युवाहरु सकारात्मक प्रतिबिम्ब राष्ट्र निर्माणमा देखिनुपर्छ ।”
नेपाल जेसीजका पूर्व राष्ट्रिय तालिम आयुक्त शिव सुवेदी र पूर्व राष्ट्रिय उपाध्यक्ष अमृत अर्यालले तालिममा प्रशिक्षण दिनुभएको थियो ।
सो अवसरमा वालिङ जेसीजका पूर्व अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण) भीरकोट जेसीजका उपाध्यक्ष सृजना गौतम, गल्याङका कानुनी सल्लाहकार खगेन्द्र भण्डारी, वालिङका अध्यक्षीय सल्लाहकार धुर्व पंगेनी लगायतले बोलेका थिए ।
वालिङ जेसीज वर्ष २०२१ का अध्यक्ष बिश्वास लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा भीरकोट जेसीजका अध्यक्ष प्रसुन मगरले स्वागत, गल्याङ जेसीजका अध्यक्ष गोपिकृष्ण रेग्मीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने जेसीज आस्थापाठको अगुवाइ वालिङ जेसीजका
वालिङका उपाध्यक्ष जेसी भानुभक्त आचार्य संयोजक रहेको कार्यक्रमको संचालन वालिङ जेसीज वर्ष २०२१ का महासचिव जेसी यज्ञ पुरूष रिजालले गर्नु भएको थियो । ।

Facebook Comments Box
TOP