महिला जनप्रतिनिधिका लागि नेतृत्व तथा सञ्चार सीप तालीम
तोलाकान्त बगाले/वालिङ :
वालिङका निर्वाचित महिला जनप्रतिनिधिहरुका लागि तीन दिने नेतृत्व तथा सञ्चार सीप तालीम दिईएको छ । वालिङ नगरपालिकाले आफ्ना महिला जनप्रतिनिधिहरुको क्षमता विकास तथा सञ्चार क्षमताको विकासलाई अभिवृद्धि गर्नका लागि तीन दिने तालीम प्रदान गरेको हो ।
तालिमको समापन गर्नुहुँदैै नगर प्रमुख दिलीपप्रताप खाँंणले प्रत्येक व्यक्तिले आफ्नो क्षमता तथा नेतृत्व विकास गर्न आवश्यक रहेको भन्दै तालीमबाट प्राप्त ज्ञानलाई दैनिक जीवनमा उपयोगमा ल्याउन सुझाव दिनुभयो ।
उहाँले समयानुकूल आँफूलाई बदल्न जरुरी रहेको भन्दै बढ्दो सूचना र प्रविधिको युगमा सञ्चारको महत्व बुझ्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले निर्वाचित महिला जनप्रतिनिधिहरु अन्य दिदीबहिनीहरुका लागि प्रेरणा बन्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, प्रशिक्षक पत्रकार महासंघ कास्कीका उपाध्यक्ष बिमला भण्डारी, सहभागीकातर्फबाट वडा नं. २ की वडा सदस्य मैना कोईराला लगायतले तालीम निकै फलदायी रहेको बताउनुभएको थियो । १४ वटै वडाका जनप्रतिनिधि महिलाहरुसहित ३० जना महिलाहरुको सहभागिता रहेको तालीममा प्रशिक्षक भण्डारीले सहजीकरण गर्नुभएको थियो । सामाजिक विकास समिति संयोजक युगमाया पंगेनीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


