वालिङ उद्योग वाणिज्य संघ र जिल्लाका प्रशासकीय प्रमुखहरु बीच अन्तरक्रिया
वालिङ :
वालिङ उद्योग वाणिज्य संघ र जिल्लाका प्रशासकीय प्रमुखहरु बीच छलफल तथा अन्तरक्रिया गरिएके छ । सरकारी कार्यालयबाट प्रवाह हुने सेवाहरु तथा उद्योग ब्यापार ब्यवसायमा परेका समस्याहरुको बारेमा छलफल तथा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी उमेश बस्नेत, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक होविन्द्र बोगटी, सशस्त्र प्रहरी बेस वालिङका प्रहरी नायव उपरीक्षक मोहन न्यौपाने, वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्ष हरि पौडेल लगायतको सहभागिता रहेको थियो ।
.

वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शोभाकान्त पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सांसद एवम् विधायन समितिका सभापति मोहन रेग्मीको प्रमुख आतिथ्य रहेको थियो भने कार्यक्रमको सञ्चालन संघका महासचिव केशरबहादुर खाँण (ध्रुब) ले गर्नुभएको थियो ।
कार्यक्रममा भूमि सम्बन्धी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष उदय श्रेष्ठ, पूर्व अध्यक्ष कर्णबहादुर श्रेष्ठ, सल्लाहकार चेतनारायण श्रेष्ठ, महिला उद्यमी सरिता पौडेल लगायतले मन्तब्य राख्नुभएको थियो भने निवर्तमान अध्यक्ष पुण्यप्रसाद अर्यालले स्वागत गर्नुभएको संघका कार्यालय प्रमुख बाबुराम रेग्मीले जानकारी दिनुभयो ।
.


समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


