वालिङमा भएका छुट्टाछुट्टै दुर्घटनामा ८ जना घाईते ४ को अवस्था गम्भिर
वालिङ :
वालिङमा आज भएका दुइ दुर्घटनामा ८ जना घाईते भएकाछन् । जसमा चार जनाको अवस्था गम्भिर छ । उनीहरुको वालिङमा सामान्य उपचार गरी थप उपचारका लागि पोखरा पठाईएको वालिङ प्राथामिक अस्पतालका अधिकृत तथा सूचना अधिकारी देवेन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
वालिङ बजारबाट डेल्डाडा जाँदै गरेको ग १ ज ४७८५ नम्वर जीप मिनाङ्कोटमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि ५ जना घाईते भएकाछन् । जीप सडकबाट ५० मिटर तल खसेको बताईएको छ ।
उता वालिङ १४ तमादी सडक खण्डमा ग २ च ३०२६ नम्वर जिप दुर्घटना भएको छ । जीप सडकबाट ३० मिटर तल झरेको प्रहरीको भनाई छ । दुर्घटनामा ३ जना घाईते भएकाछन् ।
सामान्य घाईतेहरुको वालिङमा नै उपचार भईरहेको प्रहरीले जनाएको छ ।
.


समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


