वालिङमा भएका छुट्टाछुट्टै दुर्घटनामा ८ जना घाईते ४ को अवस्था गम्भिर
वालिङ :
वालिङमा आज भएका दुइ दुर्घटनामा ८ जना घाईते भएकाछन् । जसमा चार जनाको अवस्था गम्भिर छ । उनीहरुको वालिङमा सामान्य उपचार गरी थप उपचारका लागि पोखरा पठाईएको वालिङ प्राथामिक अस्पतालका अधिकृत तथा सूचना अधिकारी देवेन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
वालिङ बजारबाट डेल्डाडा जाँदै गरेको ग १ ज ४७८५ नम्वर जीप मिनाङ्कोटमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि ५ जना घाईते भएकाछन् । जीप सडकबाट ५० मिटर तल खसेको बताईएको छ ।
उता वालिङ १४ तमादी सडक खण्डमा ग २ च ३०२६ नम्वर जिप दुर्घटना भएको छ । जीप सडकबाट ३० मिटर तल झरेको प्रहरीको भनाई छ । दुर्घटनामा ३ जना घाईते भएकाछन् ।
सामान्य घाईतेहरुको वालिङमा नै उपचार भईरहेको प्रहरीले जनाएको छ ।
.


समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


