स्याङ्जाको बेल्टारी र पाल्पाको दर्पुक जोड्ने मोटरेबल पुलको शिलान्यास ।
स्याङ्जा : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको वडा नम्बर ५ बेल्टारी र पाल्पाको बगनासकाली गाउँपालिकाको दर्पुक जोड्ने मोटरेबल पुलको शिलान्यास गरिएको छ। आज एक कार्यक्रमका बीच कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्यालले उक्त पुलको शिलान्यास गर्नु भएको हो।
गत भदौ १ गते सम्झौता गरिएको मोटरेबल पुल सम्झौताको ३३ महिना भित्रमा सक्नु पर्ने उल्लेख गरिएको छ। निर्माणको जिम्मा गौरा पार्वती न्यू टेक्निकल जेभी कुपोन्डोलले लिएको छ।
.

पुल निर्माण १५ करोड ३९ लाख २८ हजार ६७९.५० रुपैयाँ लागतमा निर्माण हुन लागेको हो। दायाँबायाँ १.७५ फुटपाथ रहेने उक्त पुलको लम्बाई ११ मिटर चौडाई हुने छ । कुल १२० मिटर लम्बाईको पुल २ स्पान रहने सडक डिभिजन कार्यलयका प्रमुख भिम अर्जुन कंडेलले जानकारी दिनु भयो।
उक्त पुलको निर्माण पश्चात् स्याङ्जाको कालीगण्डकी गाउँपालिका र पाल्पाको बगनासाकाली गाउँपालिका यातायातका साधन सहित आवतजावतमा सहज हुने अपेक्षा राखिएको छ।
.

समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


