स्याङजाको बालगृहलाई स्याङजा समाज जापानको आर्थिक सहयोग

help_amor_japan

स्याङजा : फेदीखोला गाउँपालिका–१, मा रहेको अमोर सेवा नेपाललाई स्याङजा सहयोग समाज जापानले आर्थिक सहयोग गरेको छ । स्याङजा सहयोग समाज जापानले अमोर सेवा नेपालको बालगृह भवन निर्माणार्थ ३ लाख सहयोग गरेको हो ।

सहयोग हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले अमोर सेवा नेपालले धेरै राम्रो काम गरेको बताउदै सहयोगी मनहरुलाई सहयोग गर्न अनुरोध गरे । प्रजिअ बस्नेतले सरकारले गर्न नसकेको काम अमोर सेवा नेपालले गरेको बताउदै भविष्य अन्धकार भएका बालवालिकाको उद्धार गरि भविष्य उज्यालो बनाईदिएको बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रहरी उपरिक्षक होबेन्द्र बोगटी, फेदीखोला गाउँपालिका वडा नं. १ का अध्यक्ष खिमबहादुर क्षेत्री, आईसीसी सदस्य सुरेश रेग्मी, स्याङजा सहयोग समाज जापानका अध्यक्ष सागरमणी अधिकारी, अमोर सेवा नेपालकी अध्यक्ष कमला पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अमोर सेवा नेपालमा हाल ६ जिल्लाका २६ जना बालबालिका रहेका छन् । त्यसैगरी अमोर सेवाको भवन निमार्णका लागि पोखराकी पुर्णीमा बरालले ४८ हजार आर्थीक सहयोग गरेकी छन् । निर्माणधिन भवनका लागि थप २० लाख रकम आवश्यक पर्ने अमोर सेवा बालगृहका आजिवन सदस्य अशोक शर्मा मरासिनीले जानकारी दिए ।

Facebook Comments Box
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि

आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…

TOP