स्याङ्जाको फेदिखोलामा टिपर र बस ठोक्किँदा ४ जना घाइते

स्याङ्जा : स्याङ्जाको फेदिखोला गाउँपालिका २ मा टिपर र बस ठोक्किँदा ४ जना घाइते भएका छन् । स्याङ्जा सदरमुकाम पुतलीबजारबाट पोखरा जाँदै गरेको ग १ ख ७६११ नम्वरको टिपर र पोखराबाट स्याङ्जा तर्फ आउदै गरेको ग १ ख ९३७४ नम्वरको बस एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार बसमा १० जना सवार मध्ये ३ जना घाइते भएको र टिपर चालक गरी ४ जना घाईते भएको बताउनु भयाे । सबैको अवस्था समान्य रहेको प्रवक्ता अधिकारीले जानकारी दिनुभयाे ।
।

बसमा सवार घाइते पुतलीबजार नगरपालिका १३ बस्ने बर्ष ४० की चादनी शाह, पुतलीबजार नगरपालिका ६ बस्ने बर्ष ५० की सिता कार्की र सोही ठाँउ बस्ने बर्ष ७० की हिमा शर्मा रहेको प्रहरीले जनाएको छ । घाइते दुई जनाको जिल्ला अस्पताल स्याङ्जा र एक जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको बताइएको छ । टिपर चालकको भने बायाँ खुट्टामा चोट लागेकाले पोखरा उपचारका लागि पठाइएको प्रवक्ता अधिकारीले बताउनु भयाे । सिम—सिम पानी परेको र सडक घुम्ती भएकाले दुर्घट्ना भएको हुन सक्ने प्रहरीको अनुमान छ । यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
२ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…